काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हवाई यात्रामा कर नलगाउन अनुरोध गनुृभएको छ ।
हवाई यात्रामा पनि १३ प्रतिशत भ्याट (मूल्य अभिबृदी कर) लगाउने निर्णय भए पछि थापाले सो आग्रह गर्नुभएको हो ।
‘हवाई यात्राको टिकटमा १३ प्रतिशत भ्याट (कर) लगाउने सरकारको निर्णय अनुपयुक्त छ,’ थापाले भन्नुभएको छ, ‘सडकको पहुँच नपुगेका कतिपय जिल्लाहरुमा अहिले नै हवाई टिकट अत्यन्त महंगो छ, त्यसमाथी यो करको भार थप्नु कदापि ठिक होईन। निर्णय पुनर्विचार गर्न सरकारसँग माग गर्दछु ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता