चाँगुनारायणमा एभोकाडो सिटी अभियान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

भक्तपुर । भक्तपुरको चाँगुनारायणमा चाँगुनारायण सिटीलाई एभोकाडो सिटी बनाउने अभियान सुरु भएको छ । आइतबार एक कार्यक्रमबीच अभियान शुभारम्भ गरिएको होे । अभियानले चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई एभोकाडो फलको बिरुवा लगाउन प्रेरित गर्ने र प्रतिघर दुईवटा बिरुवासमेत निःशुल्क प्रदान गर्ने लक्ष्य लिएको अभियानका संयोजक नरेश खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस अभियानलाई तीन वर्षसम्म सञ्चालन गरी चाँगुनारायण सिटीलाई एभोकाडो सिटीको पहिचान दिने हाम्रो प्रयास रहनेछ ।’
अभियानका परिकल्पनाकार भने बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार नेता डिपी ढकाल हुनुहुन्छ ।

अर्थशास्त्रका ज्ञातासमेत ढकालले चाँगुनारायणका स्थानीयको आयआर्जन बढाउन यस्तो योजना अघि सारेपछि अभियानकै रूपमा सञ्चालन गर्न लागिएको अभियन्ताहरू बताउँछन् । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं अभियानका मुख्य संरक्षक ढकालले आफू चाँगुनारायणवासी पनि भएकाले अभियान जनस्तरमा सबै स्थानीयको सहभागिता र पहुँचमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो । प्रकृति र पुर्खाको इतिहासले आफ्नो पहिचान बनाएको चाँगुनारायणलाई आफ्नो पुस्ताले एभोकाडो सिटी बनाएर नयाँ पहिचान जोड्न खोजेको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

अभियानले चाँगुनारायणका प्रत्येक घरपरिवारमा कम्तीमा वार्षिक ५० हजार अतिरिक्त आय थपिने दाबी गर्दै उहाँले चाँगुनारायणको सौन्दर्यकरण र वातावरण संरक्षणमा समेत सहयोग पु¥याउने बताउनुभयो । चाँगुनारायण क्षेत्रबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले आफूले सोच्दै आएको कुरा कार्यान्वयन गरी ढकालले अभियानकै रूपमा सञ्चालन गरेको भन्दै अभियानमा आफ्नो पूर्ण साथ र सहयोग रहने बताउनुभयो । प्रदेशसभा सदस्य भुवनकेशरी श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणका लागि जनताले चलाउने अभियानले देश विकासमा टेवा पुग्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?