नुन नपाएको भन्दै उपभोक्ताद्वारा डिपोमा तोडफोड

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लामा सहज रुपमा नुन उपलब्ध नहुँदा उपभोक्ता मारमा परेका छन् ।

नुन नपाएको भन्दै डिपोमा उपभोक्ताले आईतबार तोडफोडसमेत गरेका छन् । नुनका लागि लाइनमा लागेका जुम्लाका स्थानीयवासिले डिपोमा ढुंगामुढा गरेको नेपाल साल्टट्रेनिङ कार्यालय जुम्लामा प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । नुन वितरण भइरहेको समयमा ढुंगामुढा हुदा डिपो कार्यालयमा क्षति भएको छ । कार्यालय प्रमुख मल्लले भन्नुभयो ' सिंजामा नुन वितरण गर्न गएको र असार ३१ गते सदरमुकामको डिपोमा अन्य कर्मचारीले नुन बाँडिरहेका समयमा तोडफोड हुदा कार्यालयको मुख ढोकामा क्षति भएको भएको छ । '

ADVERTISEMENT

नुन कम भएकोले यसअघि तीन प्याकेटका दरले वितरण गर्ने गरिएको थियो । यसपटक भने एउटा व्यतीलाई पाँच प्याकेटका दरले वितरण गरिएको कार्यालय प्रमुख मल्लको भनाइ छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार कार्यालयले नुन बाँडिरहेको समयमा अपुग भएपछि केही उच्शृङ्खल व्यक्तिहरुले ढुङ्गामुडा गरेका रहेछन् ।

अब नुन वितरण वडाबाटै गर्ने गरी चाँडै काम अगाडि बढाएको प्रजिअ घिमिरेको भनाइ छ । गत वर्ष जुम्लाका लागि दुई हजार पाँच सय क्विन्टल नुन स्वीकृत भए पनि भर्खरै मात्र दुई हजार ८० क्विन्टल नुन थप भएकाले कार्यालयमा नुनको अभाव नभएको नेपाल साल्टट्रेनिङ कर्पोरेश कार्यालय जुम्लाले जनाएको छ। यहाँको सिंजा क्षेत्रमा पर्ने तीन स्थानीय तहका लागि नराकोटमा नुनको उप शाखा कार्यालय स्थापना गरी नुन वितरण भइरहेको सो कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज