काठमाडौं । ‘एफएलएफ अवार्ड २०८०’ सम्पन्न भएको छ । फाल्गुनन्द लिङ्देन फिल्म्स्द्वारा आयोजित भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड तथा संस्कृतिमूलक कार्यक्रम शनिबार साँझ काठमाडौंमा सम्पन्न भएको हो ।
राष्ट्रिय नाँचघरमा आयोजित कार्यक्रममा अभिनेत्री लक्ष्मी योङहाङ, अभिनेता टीकाराम लिम्बू, गायिका मेचु धिमाल, गायक सुसन साम्सोहाङ, संगीतकार मान तबेबुङ र निर्देशक टीकाराम लिम्बू माखिमले अवार्ड प्राप्त गर्नुभयो ।
त्यस्तै, पालाम भिडियोबाट मोडल पुष्पाञ्जलि लिम्बु, विमला खजुम, रुद्र पाहिम, शेलेन्द्र नाल्बो, गायक शम्भु फोम्बो, जीवन केदेम, डिआर हाङसरुम्बा, गायिका रुक्साना लिम्बु, निरन्ता नेम्बाङ, शब्द तथा लय संकलनमा शैलेन्द्र नाल्बो र विपन तावाले अवार्ड आफ्नो पोल्टामा पार्नुभयो ।
पालाम विधाबाट हाङ चेम्जङ र म्युजिक भिडियोबाट सागर केरुङले उत्कृट निर्देशनको अवार्ड जित्नुभयो । छायाँकन सम्पादनको अवार्ड बि बि लिम्बुले प्राप्त गर्नुभयो भने सर्वोत्कृष्ट फिल्म र भिडियोमा क्रमशः ‘रित’ र ‘इच्छिङमा’ले अवार्ड प्राप्त गरे ।
यस वर्षको एफएलएफ अवार्ड लाइफ टाइम अचिभमेन्ट गीतकार तथा संगीतकार रिता फोम्बो ठूलीलाई दिइएको थियो । त्यस्तै कला निर्देशक र कलाकार विश्व मुखिया र कलाकार इन्द्र शेर्पालाई सम्मान गरिएको थियो ।
अवार्डमा फिल्म निर्देशक उदय सुब्बा, लिम्बू भाषाविद् याशेली योङहाङ र गायक तथा संगीतकार कुल्बा सुब्बा जुरी रहनुभएको थियो ।
आशा नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा उप-सभामुख इन्दिरा राना मगर, प्रतिनिधिसभा सदस्य गणेश पराजुली, निर्देशक तुलसी घिमिरे, लक्ष्मीनाथ शर्मा, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कलाकार सुनिल थापा, प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ, पूर्वमेजर जनरल होमकुमार लावती, सञ्चारकर्मी दिनेश डिसीलगायतको उपस्थिति थियो । कार्यक्रमलाई एभरेष्ट रकस्केप कम्पनी हङकङ र नाल्बो ज्वेलरी धरानले प्रायोजन गरेका थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts