भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले पालिका भित्रको एक विद्यालयसहित तीन जना कर्मचारीलाई सम्मान गरेको छ ।
१३ औँ गाउँसभामा पौवादुङमा गाउँपालिकाले आइतवार उत्कृष्ट कर्मचारीलाई र विद्यालयलाई सम्मान गरेको हो । गाउँ सभाको दोश्रो बैठकबाट महत्वपूर्ण नीति तथा कार्यक्रम र ऐनहरू पास भएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।
सोहीक्रममा उत्कृष्ट विद्यालय तर्फबाट पालिकाको वडा नम्वर ५, सानोदुम्मा रहेको महादेवी आधारभुत विद्यालयसहित आर्थिक बर्ष २०७९/०८० मा उत्कृष्ठ हुने तीन कर्मचारीलाई सम्मान पनि गरिएको हो ।
गाउँपालिकामा कार्यरत प्रशासन प्रमुख बुद्धिमान तामाङ, स्वास्थ्य चौकी तिवारीभञ्ज्याङमा कार्यरत सिनियर अनमी तारादेवी राई र आमा सुरक्षा कार्यक्रम अन्तर्गत उत्कृष्ठ सेवा दिने सिनियर अनमी गिता भण्डारीलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts