पर्वत जीप दुर्घटना अपडेट : थप एकको मृत्यु

रासस
रासस
Read Time = 2 mins

पर्वत । जिल्लाको कुश्मा नगरपालिका-३ दुर्लुङमा गएराति भएको जीप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यसअघि दुर्घटनामा परी सात वर्षीया बालिका शीतल विकको मृत्यु भएको थियो भने ११ जना घाइते भएका छन् । पर्वतको कुश्मा बजारदेखि दुर्लुङ जाँदै गरेको ग १ ज ५२२९ नम्बरको जीप गएराति दुर्लुङको गौडामुनी भन्ने स्थानमा दुर्घटना भएको थियो ।

ADVERTISEMENT

दुर्घटनामा घाइते भएकामध्ये सात जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा घाइते भएकामध्ये शौरभ विक, शान्ति विक, अम्मर विक, निशान परियारको अवस्था सामान्य रहेकाले उनीहरुको पर्वत अस्पतालमा उपचार भइरहेको छ ।

अन्य घाइतेहरु कृष्णप्रसाद पाध्या, हिरादेवी मगर, मीनबहादुर क्षेत्री, चन्द्रकला क्षेत्री, अमृत क्षेत्री र भबदत्त शर्माको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो । यात्रुबहाक जीपको टायर फुस्केर ब्रेक फेल हुँदा दुर्घटना भएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?