प्रबिधिसँगै रोपाईंको संस्कृति जगेर्ना

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 2 mins

डडेल्धुरा । गोरु पाल्न र जोत्न छोडे पनि डडेल्धुराका किसानहरुले कृषि कर्म र पुर्खाको संस्कृति जगेर्ना गर्न थालेका छन् ।

डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नंं ५ सेलागाउँका युवा कृषक करुणाकर अवस्थीले मातबन्धकीमा लिएको खेतमा पनि पुर्खाहरुले गर्दै आएको रोपाई खेतमा ढुस्को र रुईन खेल लगाएर संस्कृतिको जगेर्ना मात्र गरेका छैनन स्थानीय कृषकलाई रमाईलो पनि गराएका छन् ।

रोपाईंलगायत अन्य कृषि कार्यका लागि गोरु पाल्ने परम्परा हटदै गएको तथा ग्रामीण क्षेत्रमा हल गोरु सिमित हुँदै कृषकहरु आधुनिक प्रबिधि र यान्त्रिकरणमा परिबर्तित हुँदै गए पनि सामाजिक र साँस्कृतिक रुपले महत्व राखेको खेल खेल्ने प्रचलन पनि लोप हुँदै गएको भन्दै भावी पुस्तालाई आकर्षित गर्न खेतमै रोपाई गरिएको कृषक बताउँछन् ।

ADVERTISEMENT

रोप्नका लागि खेत तयारी सँगै खेतमा राम्रोसँग धान फलोस, दैवी बिपत्ति नआओस भन्ने हेतुले पुरुषहरुले स्थानीय बाजा बजाउँदै बिभिन्न देवी देवताका गाथामा आधारित ढुस्को धुमारी खेल्छन भने महिलाहरुले पनि सामूहिक रुपमा सगुन फाग गाएर छुपु छुपु धान रोप्ने परम्परा रहि आएको छ ।

गाउँको अधिकांश खेतमा रोपाई सकिनै लाग्दा खेतमा लगाईएको खेलले सबै उमेर समूहका महिला पुरुष वालवालिका उत्साहित र हर्षित भई मानो रोपी मुरी फलाउन भव्य रुपमा रोपाँई सम्पन्न गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *