भोजपुर । नागरिकताबाट बञ्चित भोजपुरको पूर्वी पाैवादुङमा गाउँपालिकाका तीन जनालाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता बितरण गरेको छ ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले पौवादुङमा गाउँपालिका वडा नम्वर ४ र ६ का अपांग, अशक्त र फरक क्षमता भएका नागरिकहरूलाई घर-घरमै गएर नागरिकता बितरण गर्नु भएको हो । वडा नम्वर ४ बास्तिमका तेज कुमार राईलाई ०९-०१-८०-०१३७४ नम्वर, सोही वडाका आसमाया राईलाई ०९-०१-८०-०१३७५ र वडा नम्वर ६ ठुलोदुम्माका अरुणराज राईलाई ०९-०१-८०-०१३७६ नम्वरको नागरिकता प्रमुख जिल्ला अधिकारी घिमिरेले घरमै पुगेर बितरण गर्नुभयो ।
नागरिकता नहुदाँ सरकारी सेवाहरुबाट पनि बञ्चित हुनु परेको जानकारी गाउँपालिकाबाट आएपछि आफुहरुले घरमै गएर नागरिकता बितरण गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारीसहित नागरिकता बितरणका क्रममा जिल्ला न्यायाधीश मणिराम न्यौपाने, प्रशासकीय अधिकृत राजु शर्मा, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख शरद कुमार थापा क्षेत्री, सशस्त्र प्रहरीका प्रमुख दिनेश श्रेष्ठ, पालिका अध्यक्ष किरण राई, स्थानिय वडाका जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय आएर नागरिकता बनाउन नसक्नेहरुका लागि बिगतका पनि घर मै गएर नागरिकता बितरण गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रशासकीय अधिकृत राजु शर्माले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts