पछिल्लो समय नेपाली चलचित्रमा महिला निर्देशकको संख्या कम भए पनि बजारमा पकड भने बलियो बन्दै गएको छ । व्यावसायिक हिसाबले सफल मानिएका ‘छक्का पञ्जा’, ‘ए मेरो हजुर’, ‘हिम्मतवाली’, ‘इन्टिु मिन्टु लण्डनमा’ चलचित्रलाई निर्देशन महिलाले गरेका हुन् । तर, अधिकांश महिला निर्देशक एकाध चलचित्रभन्दा अगाडि बढ्न सकेका छैनन् । नेपालमा पहिलो महिला निर्देशकमा सुचित्रा श्रेष्ठको नाम आउँछ भने लिम्बू समुदायको पहिलो महिला निर्देशकको रूपमा हिमाली लिङ्देन देखापर्नुभएको छ । नेपाली चलचित्रका क्षेत्रमा आफ्ना क्रियशन पस्किरहनुभएकी पहिलो लिम्बू महिला निर्देशक हिमाली लिङ्देनसँग हिमालयन टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अशंः-
पछिल्लो समय के गर्दै हुनुहुन्छ ?
निर्माणधीन चलचित्र ‘पहाडकी कान्छी’को गीत रेकर्डिङ र छायांकनको पूर्वतयारीका कामहरू भइरहेका छन् ।
यस क्षेत्रमा आउँदाको अनुभव कस्तो छ ?
सजिलो, असजिलो मिश्रित अनुभव छ । महिला भएकै कारण काम गराउन अप्ठ्यारो मान्ने, प्राविधिक र कलाकारले नपत्याउने आफूलाई भनेजस्तो सहयोग नगर्नेजस्ता थुप्रै समस्याको सामना सुरुवाती समयमा गर्नुपर्यो ।
किन महिलालाई निर्देशनमा नपत्याएर हो ?
निर्देशन भनेको क्रियटिभ काम हो । त्यसैले महिलाले गर्न सक्दैन कि भन्ने भ्रम अरुमा हुनसक्छ । महिलालाई सुरुमा पत्याउँदैनन् । आफ्नो काम गर्ने तौरतरिका र खुबी देखाउदै उहाँहरूको मन जित्दै अघि बढ्ने हो कसले के भन्छ भन्ने कुराको वास्ता नगरी आफ्नो कर्ममा लाग्नुपर्छ । कर्ममा विश्वास गर्ने मानिस असफल हुँदैनन् ।
निर्देशन भनेको क्रियटिभ काम हो । त्यसैले महिलाले गर्न सक्दैनन् कि भन्ने भ्रम अरूमा हुनसक्छ । महिलालाई सुरुमा पत्याउँदैनन् । आफ्नो काम गर्ने तौरतरिका र खुबी देखाउँदै उहाँहरूको मन जित्दै अघि बढ्ने हो कसले के भन्छ भन्ने कुराको वास्ता नगरी आफ्नो कर्ममा लाग्नुपर्छ । कर्ममा विश्वास गर्ने मानिस असफल हुँदैनन् ।
अहिलेसम्म कतिवटा चलचित्रमा निर्देशकीय भूमिका निभाउनुभयो ?
मुख्य सहायक निर्देशक भएर १० वटा चलचित्रमा काम गरे । मेरो एकल निर्देशन रहेको दुईटामात्र छ ।
कुन-कुन चलचित्र निर्देशन गर्नुभयो ?
‘मिसन क्यारेङ ग्याङ’ र ‘हामी सँगसँगै’ हो ।
यि दुई चलचित्र कस्तो विषयवस्तुमा आधारित छन् ?
मिसन क्यारेङ ग्याङ एक्शन चलचित्र हो भने हामी सँगसँगै सामाजिक लभस्टोरीमा आधारित चलचित्र हो ।
लिम्बू समुदायको प्रथम महिला निर्देशक हुनुहुन्छ आफूलाई कस्तो लाग्छ ?
हाम्रो लिम्बू समुदायको प्रथम महिला निर्देशक बन्न पाएकोमा आफूलाई भाग्यमानी सम्झेकी छु । मलाई यो स्थानसम्म पु¥याउन साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सबैप्रति मनैदेखि नमन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच