भ्रष्टाचार अभियोगमा सिंगापुरका यातायातमन्त्री पक्राउ

Read Time = 2 mins

सिंगापुर । सिंगापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एकजना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ ।

यातायात मन्त्री एस ईश्वरनलाई गत मंगलबार पक्राउ गरी धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले शुक्रबार राति जारी गरेको वक्तव्यमा जनाइएको छ सिंगापुरका सबैभन्दा धनी व्यक्तिमध्येका एक ओङ बेङ सेङलाई पनि गत मंगलबारै पक्राउ गरिएको थियो । निजलाई पनि अनुसन्धानपछि धरौटीमा छाडिएको छ । ब्यूरोले अनुसन्धानको विवरण भने खुलाएको छैन ।

ADVERTISEMENT

ओङ छानविनमा परेको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले यातायात मन्त्रीमाथिको अनुसन्धानको दायरा फराकिलो बनाएको छ । विश्वको सबैभन्दा कम भ्रष्ट देशमध्येको एक सिंगापुर विश्वव्यापी वित्तीय केन्द्र हो । यो देशमा भ्रष्टाचार नियन्त्रणका लागि ‘क्याबिनेट’ मन्त्रीहरूलाई निजी क्षेत्रका ठूला आम्दानी गर्ने व्यक्तिको तुलनामा तलब दिइन्छ । रासस÷एएफपी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?