डोलेश्वर घुम्न आउने धार्मिक पर्यटक बढेसँगै आम्दानी पनि बढ्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । साउने सोमबारको मेलालाई मध्यनजर गरी भक्तपुरको डोलेश्वर मन्दिरमा तयारी तीव्र पारिएको छ । डोलेश्वर संरक्षण समितिका तर्फबाट साउने मेलालाई लक्षित गरी तयारी अन्तिम चरणमा पुर्‍याइएको हो ।

मेलामा आउने पर्यटक र भक्तजनहरूलाई चाँडो दर्शन गर्ने व्यवस्था मिलाउन समितिका तर्फबाट काम अन्तिम चरणमा पुर्‍याइएको संरक्षण समितिका अध्यक्ष धर्मराज बस्नेतले बताउनुभयो । उहाँले साउने मेलाको पूर्वसन्ध्यामा रहेकाले साउन १ गते सोमबारको मेलाका लागि सबै तयारी लगभग सकिएको र भक्तजनहरूले सहजै डोलेश्वर महादेवको दर्शन गरेर जान सक्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

ADVERTISEMENT

उहाँले डोलेश्वर महादेव केदारनाथको शिर भएकाले पनि पछिल्लो समय भारतीय र विश्वमा रहेका हिन्दू भक्तजनहरू उल्लेख्य आउन थालेको बताउनुभयो । उहाँका अनुसार पर्यटकीय गन्तव्यस्थल भएकाले पनि डोलेश्वर घुम्न आउनेको संख्या पछिल्लो समय बढेको बताउनुभयो । उहाँले पर्यटकको वृद्धिसँगै सूर्यविनायक नगरपालिका–८ को आर्थिक आयआर्जनमा समेत उल्लेख्य सहयोग पुगेको बताउनुभयो । अध्यक्ष बस्नेतले मन्दिरमा पछिल्लो केही महिनायता मासिक डेढ लाखसम्मको भेटी, दक्षिणा र दान प्राप्त हुने गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?