गाउँपालिकाले गर्‍याे सार्वजनिक सुनुवाई र सम्मान

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को सार्वजनिक सुनुवाईसहित विभिन्न क्षेत्रमा उत्कृष्ट हुनेहरुलाई सम्मान गरेको छ ।

गाउँ कार्यपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा योजनाहरुका बिषयमा जानकारीसहित उत्कृष्ट कृषक, शिक्षक, कर्मचारी र प्राविधिक धारतर्फ एसईईमा उत्कृष्ट हुने विद्यार्थीलाई नगद १० हजारसहित सम्मान  गरिएको छ ।

पञ्चकन्या मावि भुल्केबाट एसईई परीक्षामा सामेल भई प्राविधिक धारतर्फ उत्कृष्ट भएका चन्द्रमणि भट्टराई, उत्कृष्ट कृषक कृष्णप्रसाद तिमिल्सिना, उत्कृष्ट फलफूल कृषक सिताराम खत्री, उत्कृष्ट पशुपालन कृषकमा लोकबहादुर खड्का लगायतलाई गाउँपलिकाले सम्मान गरेको हो ।

ADVERTISEMENT

यसैगरी उत्कृष्ट शिक्षकमा शान्तिराम बस्नेत, सुवास खाती र रिजु राई, उत्कृष्ट स्वास्थ्यकर्मीमा सत्यकला राई, उत्कृष्ट कर्मचारीमा सुचित्रा अधिकारीलाई पनि सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

सार्वजनिक सुनुवाईका विषयमा उठेका प्रश्नहरुको जवाफ पालिका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोख्रेलले दिनु भएको थियो । पालिकाको समग्र विकास र समृद्धिका लागि आफुहरु खटिरहेको बताउँदै गाउँपालिका अध्यक्ष राईले सो कार्यमा सहयोग गर्न सबैलाई आग्रहसमेत गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज