‘बुलेट किंग’ मिथिलेश(फोटोफिचर)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 9 mins

मनिष अर्याल : नेपाल फोटो लाइब्रेरी

काठमाडौं । उनी हरियो रंगको मोटरसाइकलको इन्जिन कस्दै थिए । विभिन्न आकारका रेन्ची भुइमा थिए , उनी एउटा रेन्चिले इन्जिन कसिरहेका थिए । उनी हुन बुलेट किंगका रुपमा परिचित बिरामी मोटरसाइकलका डाक्टर अर्थात मोटरसाइकल मेकानिक ‘मिथिलेश प्रसाद सरार्फ’ । बिशेष गरि बुलेट मोटरसाइकलमा देखिने कुनै पनि समस्या सहजै पत्ता लगाउने र समाधान गर्न सक्ने मिथिलेश बुलेट किंगका रुपमा पनि चिनिन्छन । सेवाग्राहीहरु मुख्यता बुलेट राइडरहरु उनलाइनै खोज्दै रातोपुल स्थित वोर्कशपमा पुग्छन ।

‘काठमाडौं मेरो लागि दोस्रो घरहो, सबै बुलेट राइडरहरुको विस्वासले मा आज यहाँ सम्म पुगेको छु’ उनी भन्छ्न , ‘मेरो काम प्रतिको विस्वासले मलाइ अझै हौसला दिन्छ र यसले मलाइ काम गर्न सजिलो पनि हुन्छ।’

बीरगंजमा जन्मिएका मिथिलेश आफ्नो बुवाको ग्यारेजमा सानै उमेरदेखि काम गर्थे । मिथिलेशको बुवा पनि त्यो बेलाको विरगंजको बुलेट किंग भनेर चिनिने हुदो रहेछ। मिथिलेशको बुलेट प्रतिको लगाव पनि घरमा बुलेट ग्यारेज र घरमै बुवासंग दुई वटा बुलेट भएकाले जागेको रहेछ । ग्यारेजमा काम गर्ने संग संगै काम पनि गर्थे कोहि त आफै एक्लै गरेर पनि बनाइदिने गर्थे मिथिलेश । उनी सानै उमेरमा राम्रो मेकानिक भैसकेका थिए । शिवशक्ती ग्यारेज भनेसी मोटरसाइकल बनाउन पुर्वी लहान देखि चितवनसम्मका मान्छे मुख्यात बुलेट बनाउन आउने गर्दथे ।

स्कुलबाट आयेसी होस बिहान नजादासम्म मिथिलेशको बास ग्यारेजमै हुने गर्थ्यो । एस एल सि सकेर मिथिलेश घरमा आर्थिक अवस्था लाई हेरेर वैदेशिक रोजगारको लागि मलेसिया पुगे । त्याहा पनि उनले फलामकै कम्पनीमा काम गर्थे । ३ वर्ष बसेर २०६२ साल तिर काठमाडौ छिरेर कालोपुलमा हेल्पर मेकानिक भएर काम गर्ने थाले । त्यो बेलामा घरबाट बुलेट लेराएका थिए मिथिलेशले । ग्यारेजको साहु संग सामान्य होन्डाको बाइक हुदा हेल्पर मेकानिक संग बुलेटबाइक देखेर बाइक बनाउन मान्छे हरु अचम्म मान्थे ।

२ वर्ष कालोपुलमा काम गरेर मिथिलेशले काठमाडौको मान्छेको बाइक प्रती सम्बन्ध, बाइक कसरी चलाउछन , कस्तो गरि राख्छ्न र कस्तो मेकानिक खोज्छ जस्ता कुरा हरु हेरेर आफ्नै ग्यारेज खोल्ने निर्णय गरे। मुख्यता बुलेटनै हेर्ने भएकाले उनले २ वर्ष काम गर्दा बुलेट चढ्ने र बनाउन आउने संग राम्रो सम्बन्ध बनाइसकेका थिए र ग्यारेज पनि बुलेट बाइक लाई बढी प्राथमिकतामा राखेर खोले । त्यो समय सम्म काठमाडौमा बुलेट चड्ने हरुको पनि सख्या बिस्तारै बढ्दै थियो । बुलेट राइडर हरुको छुट्टाछुट्टै क्लब हरु पनि बन्न सुरु भएको थियो। नासा बुलेट क्लब, काठमाडौ लेजेन्ड्स जस्ता अन्य क्लब हरु स्थपना भए ।

ADVERTISEMENT

बुलेट बनाउन आउनेहरू संगको सम्बन्धले गर्दा रातोपुल आफ्नै ग्यारेजमा काम गर्दै गर्दा नासा बुलेट क्लबबाट मिथिलेशलाइ क्लबकै तिनकुने स्थित बुलेट वोर्कशपमा हेड मेकानिक भएर काम गर्ने र त्यो स्विकार्दै उनले बुलेटको हेड मेकानिक भएर तिनकुनेमा काम गर्छन । यता रातोपुलको ग्यारेजमा मेकानिक राखेर आफू उता लाग्छन । तिनकुनेस्थित वर्कशपमा लगभग काठमाडौंको सबै बुलेट राइडरहरू आफ्नो बाइक बनाउन त्यही आउने गर्दथे ।

बुलेट प्रतिको मिथिलेशको खुबीले सबैको रोजाईमा मिथिलेश पर्दथे । मिथिलेशको काम गराइले बिस्तारै सबैले मन पराउँदै गएपछी मिथिलेशलाई बुलेट किंग भनेर चिनिन थाले । विभिन्न बुलेट क्लब हरुले वर्षेनी आन्तरिक पर्यटनलाई पर्वदन गर्दै राइड हरुको आयोजना गर्छन , सबै राइडहरूमा मिथिलेशनै हेड मेकानिक भएर हिड्ने गर्छन ।

क्लासिक लुक्समा सबैभन्दा मन पराइएको मोटरसाइकल मध्यको बाइक हो बुलेट । भारतिय कम्पनी रोयल इन्फिल्डबाट निर्मित मोटरसाइकल मध्यको सबैभन्दा सफल उत्पादन हो बुलेट ।

त्यसतै अर्को क्लब नेपाल बुलेट हाउसका संचालक रमेश कार्की भन्छन, ‘हामी जति पनि राइडमा जान्छौ, हाम्रो राइडमा मिथिलेश गएन भने राइड अधुरो पनि अपुरो पनि हुन्छ। मिथिलेश गएको भनेको राइडको मेरुदण्ड बनेर गएको लाग्छ ।’

कोभिड पछि नासा वोर्कशपमा छाडेर मिथिलेश अहिले रातोपुलमा आफ्नै ग्यारेज पशुपती वोर्कशप चलाइरहेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?