राष्ट्रिय सभाबाट आर्थिक विधेयक पारित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौ । राष्ट्रिय सभाले आर्थिक विधेयक २०८० पारित गरेको छ ।

शुुक्ररबार बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० बहुमतले पारित गरेको हो । पारित गरिएसँगै सो विधेयकलाई प्रतिनिधिसभामा पठाइएको छ ।

यसैगरी राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरेको छ ।

ADVERTISEMENT

शुुक्ररबार बसेको राष्ट्रिय सभाको बैठकले अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

पारित गर्नुअघि सो विधेयकमाथि दफावार छलफल भएको थियो । पारितसँगै सो विधेयकलाई प्रतिनिधिसभामा फिर्ता पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज