सुर्तिजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ : सांसद दाहाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सुर्तिजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि सुझाव राख्दै राष्ट्रिय सभा सदस्य दाहालले सुर्तिजन्य पदार्थमा कर बढाउनुपर्ने बताउनु भयो । उहाँले सुर्तिजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पताल वा स्वास्थ्य सेवामा खर्च गर्नुपर्ने बताउनु भयो । सरकारले स्वास्थ्य जोखिम कर वापत् उठाउने गरेको रकमबाट थोरै मात्र अस्पतालहरुमा दिइने गरेको भन्दै त्यस्तो रकम स्वास्थ्य सेवामा नै लगाउनुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो - ‘सुर्तिजन्य पदार्थबाट प्राप्त भएको करबाट प्राप्त रकमको ८० प्रतिशत क्यान्सर अस्पताल वा स्वास्थ्य सेवामा खर्च गरिनुपर्छ भनेर सुझाव राखेका छौँ । सुर्तिजन्य पदार्थबाट अथवा स्वास्थ्य जोखिम कर भनेर जुन सरकारले उठाउँछ, त्यो चाहीँ थोरै मात्रामा मात्रै अस्पतालहरुमा दिइने हामीले यहाँ विनियोजनमा देख्यौँ । त्यसले गर्दा ८० प्रतिशत रकम क्यान्सर अस्पताल र स्वास्थ्य सेवामा नै लगाउनुपर्छ भनेर हामीले सुझाव राखेका छौँ ।’

राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि दफावार छलफल सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज