युरोपेली संसदबाट मणिपुर जातीय हिंसा सबन्धी प्रस्ताव पारित, भारतको कडा आपत्ति

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

लण्डन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमणमा रहेको बेलामा फ्रान्समा रहेको युरोपेली संसदमा मणिपुर हिंसासँग सम्बन्धित प्रस्ताव पारित भएको छ ।

युरोपियन संसदबाट मणीपुर हिंसा सबन्धि प्रस्ताव पारित भए पछि भारतले भने त्यसमाथि कडा आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयले यो भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको र यसलाई पटक्कै सहन नसकिने बताएको छ ।

युरोपेली संसदले बिहीबार भारतमा मानवअधिकारको अवस्थाबारे विशेष गरी मणिपुरमा हालैका झडपहरू उल्लेख गर्दै एउटा प्रस्ताव पारित गरेको थियो । फ्रान्सको स्ट्रासबर्गमा रहेको युरोपियन संसदले भारतीय अधिकारीहरूलाई जातीय र धार्मिक हिंसा रोक्न र सबै धार्मिक अल्पसंख्यकहरूको सुरक्षा गर्न कदम चाल्न आह्वान गरेको छ।

ADVERTISEMENT

यस्तो अवस्थामा भारतीय बिदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले युरोपेली संसदले मणिपुरको घटनाक्रम बारे छलफल गर्दै अस्थायी प्रस्ताव स्वीकार गर्नु भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको प्रतिक्रिया दिएका हुन ।

‘भारतको आन्तरिक मामिलामा यस प्रकारको हस्तक्षेप अस्वीकार्य छ र यसले औपनिवेशिक मानसिकता झल्काउँछ’ विदेश सचिव विनय क्वात्राले भने । उनका अनुसार सम्बन्धित ईयू सांसदहरूसँग सम्पर्क भइरहेको र उनीहरूलाई यो पूर्ण रूपमा भारतको आन्तरिक मामिला हो भनेर स्पष्ट पारे पनि युरोपियन स‌सदवाट पारित हुन गएको थियो ।

मणिपुरमा झण्डै दुई महिनादेखि कुकी र मेइती समुदायबीच हिंसात्मक झडप भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज