राजस्थान पुगेर निधिको उद्घोष- ‘चीन र भारतबीचको बाघ हो नेपाल’

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भारत र चीनलाई हात्तीको संज्ञा दिँदै नेपाल यी दुई ठूला देशको बीचमा रहेको बाघ भएको बताउनुभएको छ । जनार्दन राय नागर राजस्थान विद्यापीठमा आयोजित नेपाल भारत सम्बन्ध विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले यस्तो बताउनुभएको हो । उहाँले नेपाल स्वाभिमानी मुलुक भएको उल्लेख गर्दै इतिहासमा कहिल्यै कसैको उपनिवेशमा नपरेको स्पष्ट पार्नुभयो ।

भारतको स्वतन्त्रता आन्दोलनमा बिपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, मनमोहन अधिकारी, महेन्द्रनारायण निधि, रामनारायण मिश्र जस्ता नेताहरूले सहयोग गरेको स्मरण गर्दै उहाँले त्यसको बदलामा भारतले पनि नेपालको लोकतन्त्र पुनर्बहालीमा सहयोग गरेको स्मरण गर्नुभयो । भारतमा लोकतन्त्र सुदृढ भए नेपालको लोकतन्त्रलाई सहयोग पुग्ने र नेपालमा लोकतन्त्र सुदृढ भए भारतको लोकतन्त्रलाई पनि सहयोग पुग्ने निधिको भनाइ थियो । आर्थिक नीतिका सन्दर्भमा पनि दुवै देश एक-अर्कामा निर्भर भएको उहाँले बताउनुभयो ।

छिमेकीका नाताले चीन र भारतसँग नेपालको पुरानो सम्बन्ध भएको चर्चा गर्दै निधिले भन्नुभयो, ‘चीनसँग नेपालको मित्रता छ, भारतसँग नाता छ ।’ त्रेतायुगमा सीता र रामको विवाह भएको चर्चा गर्दै निधिले नेपाल भारतबीच बेटी रोटीको सम्बन्ध रहेको उल्लेख गर्नुभयो । नेपाललाई भारतविरोधी देशका रूपमा नबुझ्न नेता निधिले भारतीयहरूलाई आग्रह गर्नुभयो । त्यस अवसरमा जनार्दन राय नागर राजस्थान विद्यापीठका उपकुलपति शिबसिं सारंगदेवले भारत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक, आर्थिक सम्बन्धबारे चर्चा गर्नुभएको थियो ।

निधिलाई ‘अटल मिथिला सम्मान’

ADVERTISEMENT

यसैबीच, नेता निधि ‘अटल मिथिला सम्मान’बाट सम्मानित हुनुभएको छ । अटल भारत फाउन्डेसनले भारतको राजधानी नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रममा निधि ‘अटल मिथिला सम्मान’बाट सम्मानित हुनुभएको हो । फाउन्डेसनले कला, सांस्कृतिक, राजनीतिक, सामाजिक लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई हरेक वर्ष ‘अटल मिथिला सम्मान’ले सम्मानित गर्दै आएको छ ।

सन् २००३ मा भारतका तत्कालीन प्रधानमन्त्री अटलबिहारी बाजपेयीले मैथिली भाषालाई भारतको संविधानको आठौँ अनुसूचीमा समावेश गराउनुभएको थियो । उहाँको निधनपछि गठन भएको फाउन्डेसनले सामाजिक, राजनीतिक लगायतका क्षेत्रमा योगदान पुर्याउने मिथिला क्षेत्रका व्यक्तित्वलाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै निधिले भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका नेताहरूले महत्वपूर्ण योगदान पुर्याएको चर्चा गनुृभयो ।

राजनीतिक परिवर्तनका लागि पहिले नेपालले त्यसपछि मात्रै भारतले सहयोग गरेको उहाँको भनाइ छ । ‘विभिन्न कालखण्डमा नेपालमा भएका राजनीतिक आन्दोलनमा भारतले हामीलाई सहयोग गरेको छ, यसमा लुकाउनुपर्ने कुरा केही पनि छैन,’ निधिले भन्नुभयो, ‘तर, सहयोगको सुरूवात नेपालको तर्पmबाट भएको हो। भारतको स्वतन्त्रता आन्दोलनमा बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधिलगायतका नेताहरूले सहयोग गर्नुभएको थियो, जेलनेल जानु भएको थियो ।’

उहाँले नेपाल–भारतबीच वर्षौैदेखिको सम्बन्ध आगामी दिनमा पनि कायम रहिरहने उल्लेख गनुृभयो । ‘नेपाल र भारतबीचको सम्बन्ध वर्षौं पुरानो हो। दुवै देशबीच सांस्कृतिक, राजनीतिकलगायतको सम्बन्ध रहेको छ । आगामी दिनमा पनि कायम रहनेछ,’ उहाँले भन्नुभयो । दुवै देशको विकास र समृद्धिका लागि परस्पर सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *