नगर प्रहरी र व्यापारी बीच झडप, सातजना घाइते

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । कलैया बजारको सुरक्षा र व्यवस्थापनका लागि खटिएका नगरप्रहरी र ब्यापारी बीच बुधवार झडप भएको छ । झडपमा परी दुई व्यापारी र पाँच जना नगरप्रहरी घाइते भएका छन् ।

व्यापारीहरुले झडप पछि भरतचौकमा मेयर चोर कुर्सी छोड भन्दै हात हातमा झाडु लिएर प्रदर्शन गरेका थिए । भरतचौकमा समेत व्यापारी र नगर प्रहरीको जम्काभेट भएपछि केही बेर भरतचौक तनावग्रस्त भएको थियो ।

पानी परेको कारण समान विक्री गर्न समस्या भएको भन्दै व्यापारीले झुण्डयाएको प्लाष्टीक हटाउन नगर प्रहरी जाँदा व्यापारीले विरोध गरेका थिए । विरोध गर्ने क्रममा नगरप्रहरी र व्यापारी बीच घम्साघम्सी भएको थियो ।

घम्साघम्सी हुँदा हुँदै झडपको रुप लिएको थियो । नगरप्रहरीले प्लाष्टीक हटाउँदा व्यापारीले नमानेपछि व्यापारीलाई कुटपिट गरेकाे आराेप ब्यापारीकाे छ । विनाकारण व्यापारीलाई कुटपिट गरेको विरोधमा आफूहरु आन्दोलित हुनु परेको कलैया बजारमा तरकारी विक्री वितरण गर्ने कैलाश प्रसाद साहले बताउनुभयो ।

सिमसिमे पानी परिरहेको थियो, साहले भन्नुभयो,‘त्यही बेला कलैया उपमहानगरपालिकाका नगर प्रहरी आएर टांगिएको प्लाष्टीक हटाउन कर गर्न थाले । तर कलैया उपमहानरपालिका-७ का व्यापारी जयप्रकाश जयसवालले प्लाष्टीक हटाउन मानेनन् । प्लाष्टीक हटाइयो भने आफ्नो व्यापार व्यवसाय नै ठप्प हुने र आलु बर्बाद हुने भएकोले प्लाष्टीक नहटाउन अनुरोध गरिरहे तर नगर प्रहरीले मानेन । उनीहरुले प्लाष्टीक झुण्डिएको डोरी काट्न शुरु गरे जयसवालले हार गुहार गरिरहे तर उनीहरुले मानेनन् र प्लाष्टीक झुण्डिएको डोरी काटिदिए । त्यसपछि नगर प्रहरी र जयसवाल बीच भनाभन शुरु भएको थियो । भनाभन हुँदा हुँदै अचानक नगर प्रहरीहरुले जयसवाललाई कुटपिट शुरु गरेका थिए। नगर प्रहरीहरुले हात, लात, मुक्का, थप्पड र प्लाष्टीकको पाइपले कुटपिट शुरु गरेपछि जयसवालको रोइकराई गरेको आवाज सुनेर उनको भाई ओमप्रकाश जयसवाल त्यही आइपुगे । उनले नगर प्रहरी सँग जयसवाललाई छुटाउन खोज्दा उनलाई पनि नगर प्रहरीहरुले कुटेको साहले जानकारी दिनुभयो ।’

ADVERTISEMENT

यसरी सानो तिनो निहुँमा कुनै न कुनै बहानामा हामी व्यापारीहरु माथि उपमहानगरपालिकाले दिनहुँ दुःख दिने गरेको छ, उहाँले भन्नुभयो, ‘ यदि प्लाष्टीक नै हटाउनु छ भने चारैतिर शेडको निर्माण हुनु पर्यो । घाम र पानीमा बसेर व्यापार व्यवसाय चलाउनु हाम्रो रहर होइन बाध्यता हो । दिनहुँ काम नगरे घर परिवार चलाउन मुश्किल छ तर व्यापार व्यवसायमा पालिकाद्धारा दिनहुँ हुने प्रहारले व्यापार व्यवसाय संचालन गर्न समस्या हुने गरेको छ ।'

बाटो छेकी ब्यापार व्यवसाय संचालन नगर्न हामीले दिनहुँ अनुरोध गरिरहेका छौ तर व्यापारीहरु मानिरहेका छैनन, कलैया उपमहानगरपालिका नगर प्रहरीका इन्चार्ज किशोर यादवले भन्नुभयो,‘ दिनहुँ जति सम्झाएपनि बाटो नै बन्द गरि व्यापार व्यवसाय व्यापारीहरुले संचालन गर्दै आएका छन् । बाटोबाट पसल हटाउन र झुण्ड्याएको प्लाष्टीक हटाउन भन्दा नमानेको र उल्टै धाकधम्की दिएको कारण समान्य विवाद भएको उहाँले जानकारी दिनुभयो ।

'हामीले कसैलाई कुटपिट गरेका छैनौ,' यादवले भन्नुभयो ‘प्लाष्टीक हटाउन भन्दा बजारका सम्पूर्ण व्यापारीहरु मिली नगर प्रहरीलाई कुटपिट गरेको र व्यापारीहरुको कुटाईबाट ५ जना नगरप्रहरीहरु घाइते भएका छन् ।'

जसमध्ये उज्जवल यादवको अवस्था गम्भिर रहेको र उनको कलैयामा उपचार हुन नसकेपछि बीरगंज रेफर गरिएको यादवले भन्नुभयो । घाइते विशाल जैसवाल, किरण गुप्ता, रामकिशोर पासवान र सर्फुल्लाह मंसुरको कलैया अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?