लम्पीस्कीन रोगको निशूल्क उपचार गर्दै लिम्चुङबुङ गाउँपालिका

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

-सरोज निरौला

उदयपुर। देशभरका पशु चौपायामा प्रकोपको रुपमा देखिएको लम्पी स्कीन रोग भयावह हुने जोखिम बढेको भन्दै उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले गाई-भैँसीको छालामा लाग्ने रोग लम्पी स्कीनको निःशुल्क उपचार गरिरहेको छ ।

गाउँपालिकाको कृषि शाखाले कुनै पनि वडाका कृषकहरूको गाई-भैँसीमा यो रोग देखिएमा निःशुल्क उपचार गर्ने गरी गाउँ कार्यपालिकाको बैठकले निर्णय गरे अनुसार उपचार सुरु गर्न थालेको हो ।

गत जेठ २६ गते बसेको कार्यपालिका बैठकले गरेको निर्णय अनुसार गाउँपालिकाका कुनै पनि वडामा यो रोग देखिएमा तत्काल गाउँपालिका, कृषि शाखा वा जनप्रतिनिधिमार्फत सम्पर्क गरेमा उपचार गर्ने व्यवस्था मिलाइएको सार्वजनिक सूचना असार ५ गते प्रकाशित गरिएको थियो।

सूचना अनुसार कृषकहरुले आफ्ना पशु चौपायामा यस्तो रोग देखिएमा गाउँपालिकामा खबर गर्ने गरेका छन् भने कार्यालयले खबर पाए लगत्तै कृषि प्राविधिक खटाएर उपचार गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताउनुभयाे । जस अनुसार अहिले गाउँपालिका भरिका कृषकले आफ्नै घर गोठमा प्राविधिक आएर लम्पी स्कीन रोगको उपचार पाई रहेका गुरुङले बताउनुभयाे।

ADVERTISEMENT

लम्पी स्कीन रोगको उपचार निःशुल्क गरिदिने व्यवस्था गाउँपालिकाले मिलाएको जानकारी पाएपछि कृषकले धेरै सहज भएको बताएका छन् ।

कसैको गोठमा गाई भैँसीमा लम्पी स्कीन रोग लागेको पत्ता लागे वडास्थित सहायक कृषि प्राविधिकलाई खबर गर्ने गरेको र प्राविधिकहरू दिन रात नभनी खटेर उपचार गर्दै आएका छन् । ५ वटै वडामा १/१ जना सहायक कृषि प्राविधिक गाउँपालिका कृषि शाखामा थप ३ जना कृषि प्राविधिक कार्यरत सबै जना आवश्यकता अनुसार उपचारमा खट्ने गरेका छन् ।

कृषि शाखा प्रमुख मानबहादुर श्रेष्ठले कृषकबाट आएको सूचना पाए लगत्तै प्राविधिकहरू वडा वडा र पीडित किसानको घर गोठमै पुगेर उपचार गर्ने गरेको बताउनुभयाे । हालसम्म ५ सय भन्दा बढी रोगी गाईको निःशुल्क उपचार भइसकेको छ ।

यो रोग प्रकोपको रुपमा फैलिँदै गएपछि गाउँ कार्यपालिका बैठकबाटै निर्णय गराई निःशुल्क उपचारको व्यवस्था मिलाइएको हो।

देशभर प्रकोपको रुपमा फैलिएको लम्पी स्कीन रोगलाई निर्मूल पारेर कृषकहरूलाई क्षति हुनबाट बँचाउने निशूल्क उपचार सहयोग भएको भन्दै स्थानीय किसानहरू खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज