विद्यालय शिक्षा पूरा गरेका एसइई विद्यार्थीको नयाँ गन्तव्य उच्च शिक्षा नै हो तर उच्च शिक्षाका लागि कलेज छनोट विद्यार्थीका लागि चुनौती बन्ने गरेको छ । प्रयोगात्मक विधिबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको काठमाडौंको बागबजारस्थित केएमसी कलेज धेरै विद्यार्थीको रोजाइमा पर्ने गरेको देखिन्छ । विज्ञान, व्यवस्थापन र कानुन विषयमा अध्ययन अध्यापन गराउँदै आएको केएमसीको उत्कृष्ट नतिजाको पर्याय नै बनेको छ ।
नेपाल सरकार शिक्षा मन्त्रालयले २०७४ सालमा सवोत्कृष्ट नतिजा ल्याएबापत निजीतर्फको उत्कृष्ट उच्च मावि घोषणा मात्र नभई आम अविभावक र विद्यार्थीको विश्वास जितेर केएमसीले आफूलाई उत्कृष्ट ब्राण्डका रूपमा स्थापित गरिसकेको छ । विद्यार्थी भर्नामा उच्च प्रतिस्पर्धा हुने गरेको छ । हरेक वर्ष १० देखि १५ हजार विद्यार्थीले आवेदन दिने गरेका छन् । तर, कलेजले विभिन्न संकायमा करिब २२ सय विद्यार्थी भर्ना लिने गरेको छ । गुणस्तरीय शिक्षा र अन्तर्राष्ट्रियस्तरको भौतिक पूर्वाधारका कारण नै विद्यार्थीको आकर्षण बढेको हो ।
केएमसीले विज्ञान, व्यवस्थापन र कानुन विषयमा अध्ययन–अध्यापन गराउँदै आएको छ । कलेजले आर्थिक अवस्था कमजोर भएका, जेहेनदार, विकट क्षेत्रका विद्यार्थीलाई उल्लेख्य रूपमा छात्रवृत्तिसमेत व्यवस्था गरेको छ । विद्यार्थीहरूमा रहेको सिर्जनात्मक क्षमता बढाउन कलेजमा आयोजना हुने कविता प्रतियोगिता वा आर्ट कम्पिटिसन अथवा मिस्टर एन्ड मिस केएमसी, वादविवाद र वक्तृत्वकला प्रतियोगिता सबै विद्यार्थीको व्यक्तित्व विकासका लागि सञ्चालन गर्दै आएको छ ।
कलेजमा गुणस्तरीय र व्यावहारिक शिक्षाका लागि अनुभवी शिक्षकको केन्द्र नै निर्माण गरेको छ । कलेजले विद्यार्थीमैत्री वातावरणमा नेपालको माटो सुुहाउँदो शिक्षा प्रदान गर्दै आएको छ । केएमसीका विभिन्न संकायका विद्यार्थीले विभिन्न छात्रवृत्तिमा रेकर्ड नै कायम गर्ने गरेका छन् । जस्तै यसवर्ष मेडिकल(सिइई)मा ३४ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् । इञ्जिनियरिङ (आइओई)मा ५४ जनाले विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् भने क्याप वान पास (सिए)मा ३४ जनाले छात्रवृत्तिमा नाम निकाले छन् । त्यस्तै, नेपाल ल क्याम्पसमा नौ जनाले प्रवेश परीक्षामा नाम निकालेका छन् भने युएस युनिभर्सिटी (फुल राइड स्कलरसिप) मा १६ जना विद्यार्थीले विभिन्न छात्रवृति प्राप्त गरेका छन् ।
कलेजले पछिल्लो समय नेसनल कम्प्युटर केन्द्रको सम्बन्धनाट नेपालमै पहिलोपटक प्रोफेसनल कोर्स पनि सञ्चालन गरेको छ । जसमा डेटा साइन्स, साइबर सेक्युरिटी, आर्टिफिसिय इन्टेलिजेन्स लगायतका कार्यक्रम रहेका छन् भने कलेजले रिसर्च एण्ड प्रिजेन्टेसन प्र्रोग्राम पनि सञ्चालनममा ल्याएको छ । डिजिटल पुस्तकालय, हस्पिटालिटी, हाउसकिपिङ, ट्रान्सपोर्टेसन, होस्टल, सुविधायुक्त कक्षाकोठा र हरेक कक्षा कोठामा प्रोजेक्टर आधुनिक कम्प्युटर ल्याब, पुस्तकालय, क्यान्टिन लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ ।
साथै कलेजले नियमित पठन पाठनबाहेक पनि विद्याथीको आवश्यकताअुसार अतिरिक्त कक्षाका साथै विद्यार्थीको व्यावसायिक दक्षता क्षमता प्रदर्शनका लागि आइडिया स्टुडियो पनि संचालन गरेको छ । त्यस्तै, फुटबल, क्रिकेट, बास्केटबल, फुटसल, टेबल टेनिस लगायतका खेलका माध्यमले विद्यार्थीमा नयाँ ऊर्जा थप्ने काम गरेको छ । कलेजले शैक्षिक भ्रमण, औद्योगिक भ्रमण, हाइकिङ लगायतका कार्यक्रममा पनि विद्यार्थीलाई सहभागी गराउँदै आएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts