इलाममा आधुनिक रंगशाला बन्ने

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 1 min

इलाम । नेपाली सेनाको स्वामित्वमा रहेको इलाम सदरमुकामको ठुलो टुडिखेलमा आधुनिक रंगशाला निर्माणका लागि डिपिआर निर्माणको काम सम्पन्न भएको छ । इलाम सदरमुकाम स्थित ठूलो टुडिखेललाई आधुनिक रंगशालाको रुपमा निर्माण गर्ने योजनाका साथ डिपिआरको काम सम्पन्न भएको हो ।

इलाम नगरपालिकाको तर्फबाट नगर प्रमुख केदार थापा र नेपाली सेना बिच भएको समझदारी बमोजिम इन्जिनियर सुरेशकुमार नेम्वाङ्गको प्राविधिक सल्लाह अनुसार डिपिआरको काम भएको थियो । टुडिखेल निर्माणको डिपिआर जर्सा ईन्जिनियरीङ्ग कन्सल्टेन्सी काठमाडौद्वारा तयार गरेको छ ।

ADVERTISEMENT

निर्माण भएको डिपिआर बमोजिम संघिय बजेट मार्फत् आगामी आ व २०८०/८१ बाट आधुनिक रङ्गशाला निर्माणको काम हुने इलाम नगर प्रमुख केदार थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?