हिमानी ट्रस्ट अमेरिकाले मनायो पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । हिमानी ट्रस्ट अमेरिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको ७७औं जन्मोत्सव मनाएको छ । जन्मोत्सवको अवसरमा ट्रस्टले सेन्टलो भर्जिनीयामा एक समारोहको आयोजना गरेर शुभकामना व्यक्त गरेको हो । कार्यक्रममा यस क्षेत्रका बयोबृद्ध हृदयराज शर्मा रुपाखेतीले पानसमा बत्तिसहित ल्यापटपको बटम थिचेर शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा उपस्थित हिमानी ट्रस्ट अमेरिकाका पदाधिकारी सबैले आ–आफ्ना बिचार राख्दै पूर्वराजा ज्ञानेन्द्रप्रति शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा हिमानी ट्रस्ट अमेरिकाका अध्यक्ष हरि शर्मा, भर्जिनिया च्याप्टर प्रमुख अरुण रुपाखेती, मौरिल्याण्ड च्याप्टर प्रमुख केमिला भण्डारी, ट्रस्ट सदस्यहरू सुनीता खत्री, हीर अधिकारी, बिद्या पोखरेल, विजया शाह, भरत बैरली लगायतले सम्बोधन गर्नुभएको थियो ।

ADVERTISEMENT

उहाँहरूले नेपालमा फेरि एकपटक राजसंस्था स्थापना हुनुपर्ने समय आएको औल्याउनुभयो । जनताले राजनैतिक दलहरूलाई यति ठूलो मौका दिँदा पनि देशको सामाजिक र आर्थिक अवस्था झन् झन् बिग्रदै गएकाले अब ढिलो नगरी यसको बिकल्प खोज्नुपर्ने र त्यो बिकल्प राजानै हुने तर्क उहाँहरूको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *