संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेच बनाएर समाज निर्माण हुन नसक्ने दाबी गर्नुभएको छ ।
सोमबार बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० समर्पण समारोहमा उनले प्रधानमन्त्रीले असार १८ गते दिएको अभिव्यक्तिलाई दुई दिनपछि सञ्चारमाध्यममा ल्याउने र राजनीतिक दाउपेच बनाउने काम भएको आरोप लगाउनुभयाे । सिर्पालीले अहिले कतै न कतै नेपालको राजनीति कलंकित बनिरहेको जिकिर गर्नुभयाे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements