पुरेको अवस्थामा युवकको शव भेटियो

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । गएको शुक्रबारबाट वेपत्ता हुनुभएका भोजपुर नगरपालिका वडा नम्वर १२, टक्सारका दिप्सन प्रधानको शव खोलाको बगरमा पुरिएको अवस्थामा भेटिएको छ ।

घरबाट हिडेका छोरा नआएपछि परिवारले आइतबार जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका थिए । सोही आधारमा खोजी गर्दै जाँदा अखुवा खोला नजिकै पुरिएको अवस्थामा प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटना हेर्दा गोली लागेर पुरिएको अवस्थामा भेटिएकाले साथीहरूले मरे पछि खोलाको बगरमा पुरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

घटनामा बिषयमा केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेकोे जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

प्रमुख थापा क्षेत्रीले घटनाका बिषयमा अनुसन्धान सुरु भई सकेको बताउँदै साथी मरे पछि खोलामा पुरेर घटना लुकाउन खोजिएको अनुसन्धानबाट देखिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज