बुटवल पव्लिक स्कुलले गायन र नृत्य बिधामा आइडल छान्यो

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा रहेको बुटवल पव्लिक स्कुलले बिपिएस आइडल २०८० सम्पन्न गरेको छ । गायन र नृत्य बिधामा भएको प्रतियोगितामा गायन जुनियर तर्फ प्रसिद्ध अर्याल र सिनियर तर्फ सेरोना बिश्वकर्मा बिपिएस आइडल घोषित भए ।

नृत्य बिधातर्फ जुनियर तर्फ क्रिष्टीना थापा र सिनियर तर्फ जोयना थापा बिपिएस आइडल घोषित भएको विद्यालयका संस्थापक अध्यक्ष हेमलाल शर्माले बताउनु भयो ।

ADVERTISEMENT

जुनियर गायनतर्फ सुभम् रसाइली फस्ट रनर अप र रिद्धिका भट्ट सेकेण्ड रनर अप घोषित भए । सिनियर गायनतर्फ सिद्धान्त न्यौपाने फस्ट रनर अप र मेघा बेल्बासे सेकेण्ड रनर अप घोषित भए । नृत्य सिनियर तर्फ अग्रिमा थापा फस्ट रनर अप र सौजिन्या कार्की सेकेण्ड रनर अप घोषित भए । नृत्य जुनियर तर्फ सुबोध ज्ञवाली फस्ट रनर अप र सेन्जल सिन्जाली सेकेन्ड रनर अप घोषित भए ।

जुनियर र सिनियर गरि दुई चरणमा भएको प्रतियोगितामा जुनियर तर्फ १९ जना र सिनियर तर्फ १७ जना बिद्यार्थीहरुले फाइनलमा प्रतिश्पर्धा गरेका थिए । बिजयी प्रतियोगिहरुलाई तिलोत्तमा ३ का वडाध्यक्ष कल्याण पौडेल, संगितकार सुरेश सेन्चुरी, बिद्यालयका निर्देशक मिरा शर्मा, संस्थापक अध्यक्ष हेमलाल शर्मा, प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डे, नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे तथा सह प्राचार्य रामचन्द्र पौडेल, बिशाल आत्रेय, अनु रजकले पुरस्कार बितरण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?