बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले बुटवलस्थित कालिका मानवज्ञान माविको निरीक्षण भ्रमण गर्नु भएको छ ।
२ घन्टा लामो निरीक्षण पछि गुप्ताले सामाजिक विकासको आधार शिक्षा भएकाले सार्वजनिक शिक्षालाई सबैको पहुँचमा पुर्याउन र गुणस्तरीय शिक्षाको सुनिश्चितताको लागि आफुसँंग योजनाहरू भएपनि बजेटको सिमितता, कानूनी अड्चन र प्रशासनिक झन्झटले तत्कालै परिणाम देखिने गरी काम गर्न नसकेको वताउनुभयो ।
उहाँले कालिका मानवज्ञान माविले गरेका असल अभ्यासहरूको प्रशंसा गर्दै विद्यालयले लुम्बिनी प्रदेशलाई नेपालको शैक्षिक क्षेत्रमा चिनाउने काम गरेकोले विद्यालयको विकासको लागि प्रदेश सरकारको तर्फबाट सबै किसिमको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शनिबार विद्यालयमा पुगेका मन्त्रि गुप्ताले विद्यालयको प्रयोगशाला, प्रशासनिक कक्षाहरू, अन्य कक्षाकोठा, संग्राहलय र छात्रावासको अवलोकन गर्नु भएको थियो । बिदाको दिनमा समेत शैक्षिक र प्रशासनिक कार्यहरू भएको तथा मानवीय संसाधन र भौतिक संरचनाको व्यवस्थापन उत्कृष्ट भएको भन्दै गुप्ताले विद्यालयको प्रशंशा गर्नुभयो ।
अवलोकन भ्रमणमा गएका मन्त्री गुप्तालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यालयका भौतिक, शैक्षिक अवस्था तथा भावी योजनाको बारेमा जानकारी गराउनु भयो ।
उहाले विद्यालयमा धेरै विद्यार्थीको आकर्षण रहेको तर भौतिक अवस्थाले सबैलाई भर्ना गरेर पढाउँन कठिन भएकोले विद्यालयको भौतिक विकासमा प्रदेशले सरकार बढी ध्यान दिनुपर्ने वताउनु भयो । विद्यालयमा संचालन भएको अनाथ असहाय छात्रावासको विस्तार र सुविधा वृद्धि गर्न सकेमा प्रदेशका धेरै अनाथ, असहाय र विपन्न विद्यार्थीलाई विद्यालयको छात्राबासमा राखेर पढाउन सकिने भएकोले छात्राबासमा प्रदेश सरकारले लगानी बढाउन मन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।
निरीक्षणमा पुग्नुभएका मन्त्री गुप्तालाई विद्यालयका खेलकुद संयोजक तथा सांगीतिक पिटी अभियन्ता हरिश ओलीले कालिकाले विद्यार्थीहरूको चौतर्फी विकासका लागि खेलकुद र सांगीतिक पिटीलाई प्राथमिकता गरेको र जिल्लाको खेलकुदलाई चलायमान गराउन भूमिका खेलेकोले प्रदेश सरकारले विद्यालय खेलकुदको बारेमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।
विद्यालयका सहायक प्रधानाध्यापक पिताम्बर बन्जाडे तथा होस्टेल वार्डेन रामबहादुर जिसीले होस्टेलको विविध पक्षहरूको बारेमा मन्त्री लगायतलाई जानकारी गराउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts