काठमाडौं । चलचित्र ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक भएको छ । आगामी भाद्र १४ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्रको टिजर रिलिज गरिएको हो । कृषा चौलागाईंको डेब्यु निर्देशकीय रहेको यो चलचित्र केपी फिल्मस्को व्यानरमा निर्माण भएको हो ।
चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ ।
प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको चलचित्रमा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts