दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रेमी परियोजना सञ्चालन

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि पुनः एकीकरण परियोजना (रेमी)सुरु भएको छ ।

हेल्भेटासको सहयोगमा सुरु भएको परियोजनाले बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा मेयर तीर्थराज भट्टराई, उपमेयर विसन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राई, वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा नगरपालिका भित्रका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग कार्यशाला गोष्ठी गरेको छ ।

गोष्ठीमा परियोजनाले सामाजिक पुनः एकीकरण सम्बन्धी क्रियाकलाप, आर्थिक पुनः एकीकरण सम्बन्धि क्रियाकलाप, पुनःएकिकरण संयन्त्र एवम् प्रणालीको विकास सम्बन्धि क्रियाकलाप र थप अतिरिक्त क्रियाकलाप गर्ने जानकारी गराईएको थियो ।

ADVERTISEMENT

रेमीले बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई स्वदेशभित्र सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक जीवनमा सक्रिय रुपमा सहभागी गराई पुनः स्थापित गराउने लक्ष्य राखेको रेमीका कोशी प्रदेश कार्यक्रम अधिकृत रिता विश्वासले बताउनु भयाे ।

यस परियोजनाका लागि दिक्तेल रुपाकोट मझुवागढीमा परियोजनाका ४ जना कर्मचारी रहेका छन् । रेमी कार्यक्रमले विदेशबाट घर फर्केर काम गर्न चाहाने व्यक्ति, स्वरोजगार बन्न चाहाने व्यक्ति, विदेशबाट फर्किएकालाई अनुदान, लोन दिने सम्बन्धित निकायसम्म समन्वय गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका रेमी कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताउनु भयाे। आचार्यका अनुसार विदेशबाट फर्के व्यक्तिलाई मनोसामाजिक परामर्श र वित्तिय साक्षरता शिक्षा दिने तथा कमाएर ल्याएको धनको सदुपयोग गर्ने उपाय दिने काम गर्छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासहित कोशी प्रदेशका १० स्थानीय तहमा रेमी परियोजना सुरु भएको छ । मधेश प्रदेशका १० वटा स्थानीयमा पनि यो परियोजना सञ्चालन भएको छ । परियोजना २०८३ सालसम्म रहने जनाईएको छ ।

यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज