प्रधानमन्त्रीले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनुभयो : अध्यक्ष लिङदेन

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्वीर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिएको बताउनु भएको छ ।

प्रधानमन्त्री दाहालले आफू सत्तामा टिकिरहनका लागि सिंहबारे दिएको अभिव्यक्तिले मुलुकको भूराजनीतिक अवस्था झनै गम्भिर बनाएको जिकीर समेत गर्नु भयो ।

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालको भू–राजनीति तथा सामरिक चुनौतिहरु’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालले अघिल्लो पटक प्रधानमन्त्री बन्दा पनि छिमेकीका लागि कम्फटेवल सरकार बनाउनुपर्ने धारणा राखेर विदेशलाई खुशी बनाउन खोजेको आरोप लगाउनु भयो ।

ADVERTISEMENT

नेताहरुले विदेशीको सेवा गरेर मात्रै सत्तामा टिकिरहन सकिन्छ भन्ने मनोदशाका कारण मुलुकको भूराजनीतिक परिस्थिति पेचिलो भन्दै गएको उहाँले भनाई थियो । अध्यक्ष लिङदेनले नेपालले भारत र चीनलाई मात्रै नभएर अमेरिकासँग पनि बराबरीको सम्बन्ध बनाएर लैजानुपर्नेमा त्यस विपरितका काम प्रधानमन्त्री दाहालबाट भएको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले भन्नु भयो, ‘देशको प्रधानमन्त्री भएको मान्छे भित्र के भो, के–के हुने गरेका छन् ? त्यो सबैलाई थाहा छ । तर, जो नभन्दा पनि हुने कुरा । आम मानिसलाई सुनाएर गौरव गर्ने कुराको परिस्थिति निर्माण भएको छ कि मलाई त प्रितम सिंहले प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली धाउनु भएको थियो भन्दा खेरी मेरो दिल्लीसँग राम्रो सम्बन्ध छ । र, दिल्लीसँग राम्रो सम्बन्ध भएको मान्छेको मैले जीवनी मैले यहाँ सार्वजनिक गरिरहेको छु भनेर सुनाएर देशबासीलाई प्रभाव दिन खोज्ने प्रधानमन्त्री अहिले मुलुकले पाईरहेको छ । यो एउटा मात्रै घटना होइन । अलि अगाडि अघिल्लो पटक सरकार बनाउने क्रममा पनि अहिलेकै प्रधानमन्त्रीेले भन्नु भएको थियो–कि हामी फलानाफलाना दल मिलेर यो देशमा सरकार बनायौं भने छिमेकीहरुलाई कम्फटेवल हुन्छ भनेर । जसरी हाम्रो नेताहरु विदेशीको सेवा गरेर मात्रै, विदेशीहरुको साथ र समर्थन पाएर मात्रै सत्तामा बस्न सकिन्छ, सत्तामा रहन सकिन्छ भन्ने मनोदशाबाट प्रेरित हुँदै गएको अवस्था छ । त्यसरी नै हाम्रो भू राजनीतिक परिस्थिति पनि अत्यन्तै पेचिलो बन्दै गएको छ । अहिले अझै हाम्रो लागि सकसपूर्ण परिस्थिति बन्दै गएको छ । हिजो उत्तर र दक्षिणको कुरा मात्रै थियो । दक्षिण र पश्चिमको विशेष सम्बन्ध यी सबैलाई सन्तुलनमा राखेर, सबैसँग बराबरीको सम्बन्ध राखेर, सबैलाई आश्वस्त बनाएर देशलाई अगाडि लैजानुपर्नेमा, देशलाई सबै हिसावले परनिर्भर बनाउने र कसेको आडमा सत्तामा टिकिरहने जुन संस्कृतिको विकास भएको छ । त्यसले अहिले नेपाल गम्भिर भूराजनीतिको चपेटामा परेको अनुभूति गर्न सक्छौं । यो खतरा एउटा र उसको सत्ताका लागि होइन । सिंगै राष्ट्रको लागि हो ।’

अध्यक्ष लिङदेनले नेपाली सेनाको संख्या कटौति गर्न नहुने पार्टीको अडान पनि राख्नु भयो । मुलुकको राष्ट्रिय एकता कमजोर भईरहेका बेला नेपाली सेनाको संख्या कटौति गर्नुपर्छ भन्ने प्रस्ताव आउनु राम्रो नभएको उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?