जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले पालिका भित्रका जेहेन्दार,दलित तथा अल्पसंख्यक छात्रछात्राहरुलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८०।८१ को नीति, कार्यक्रम र बजेटमा यहाँका विद्यार्थीले मान्यत प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस अध्ययनका लागि प्रवेश परिक्षा उत्तिर्ण भएको खण्डमा उक्त विद्यार्थीलाई पहिलो वर्षको पढाई खर्चका लागि प्रत्येक वर्षमा एक जनालाई एमबिबिएस छात्रवृत्ति शीर्षकमा रु १५ लाख रकम निवियोजन गरिएको गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताउनुभयो ।
चिकित्साशास्त्रमा स्नातक तह (एबिबिएस) अध्ययन गर्ने विद्यार्थीलाई निति तथा कार्यक्रमबाट बजेटको व्यवस्थापन गरेका छौ । अध्यक्ष चौलागाईले भन्नुभयो, “ पालिकाको दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने भएको छ । ”
एबबिबिएस अध्ययन गर्नलाई एक वर्षको अध्ययन शुल्कमा प्रति वर्ष एक जना विद्यार्थीलाई पचास प्रतिशत छात्रवृत्ति पालिकाले उपलब्ध गर्ने तातोपानी गाउँपालिका अध्यक्ष चौलागाईको भनाइ छ ।
एमबिबिएस प्रवेश परिक्षामा पास भएका तातोपानीका विद्यार्थीकालागि छात्रवृत्तिको व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नं. ५ मा निर्माण हुने अस्पतालको निर्माण कार्यलाई छिटो सम्पन्न गरि आवश्यक चाहिने पाँच शैया अस्पतालको स्थायी दरबन्दी तत्काल स्वीकृतिका लागि सम्बन्धी निकायमा पहल गरी सञ्चालनमा ल्याईने गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताउनुभयो ।
एमबिबिएस पढिसकेपछि कम्तीमा दुई वर्षसम्म निःशुल्क पाँच शैया अस्पतालमा सेवा दिने गरेर कार्यविधि बनाउने गाउँपालिका अध्यक्ष चौलागाईको भनाइ छ । पालिकाका प्रत्येक माध्यमिक स्तरका सामुदायिक विद्यालयमा नर्सिङ सेवा संचालनका लागि नीति तथा कार्यक्रमा ल्याएको तातोपानी गाउँपालिकाले जनाएको छ । यसअघि जिल्लाको पातातरासी गाउँपालिकाले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts