सर्पको टोकाईबाट उदयपुरमा एक जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

-सरोज निरौला

उदयपुर । उदयपुरमा बिषालु सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।
मंगलबार राति विषालु सर्पले डसेर गम्भीर घाइते भएकी चौदण्डीगढी नगरपालिका ७ भुल्केकी ७२ वर्षीया जमुना घिमिरेको उपचार गर्न नपाई मृत्यु भएको हो।

सर्पले डसेको थाहापाए पछी सुरुमा चौदण्डीगढी नगरपालिका केन्द्र बेलटारमा पनि सर्पदंशको प्राथमिक उपचार केन्द्र रहेकाले पहिला घिमिरेलाई त्यही लगिएको थियो।

तर, त्यहाँ एन्टी स्नेक भेनम (औषधि) नभएकाले चिकित्सकले सदरमुकाम त्रियुगा नगरपालिका ३ भुल्केस्थित नेपाली सेनाको १८ नं. बाहिनी अड्डा परिसरमा रहेको सर्पदंश उपचार केन्द्रमा रिफर गरिएको थियो।

ADVERTISEMENT

सदरमुकाम त्रियुगा नगरपालिका ३ भुल्केस्थित नेपाली सेनाको १८ नं. बाहिनी अड्डा परिसरमा रहेको सर्पदंश उपचार केन्द्रमा ल्याउने क्रममा बाटोमा वृद्धाको मृत्यु भएको स्थानीयले बताएका छन्।

चौदण्डीगढी र बेलका नगरपालिका विषालु सर्पको जोखिममा रहेका छन् । वर्षेनी सर्पदंशका कारण धेरैको ज्यान जाने गरेका कारण स्थानीय तहहरुले आफ्नै ठाउँमा उपचार केन्द्रहरु स्थापना गरेर सञ्चालनमा ल्याएका छन् ।

तर, आवश्यक औषधि, उपकरण र दक्ष जनशक्ति अभावमा उपचार केन्द्रहरु प्रभावकारी हुन सकेका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?