बर्दघाट नगरपालिका पहिलो पुर्ण संस्थागत सुत्केरी नगर घोषणा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

काठमाडौं । पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिका पहिलो पुर्ण संस्थागत प्रसुती सेवा युक्त नगर घोषणा भएको छ ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेश सराकारले दक्ष स्वास्थ्य कर्मीको व्यवस्था गर्न लागेको बताउनु भयो । उहाँ भन्नुहुन्छ- 'स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्य कर्मी बिना गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सकिँदैन तेसैले प्रदेश सरकारले स्वास्थ्य जनशक्तिको व्यवस्थापनमा लागेको छौँ ।' लुम्बिनी प्रदेश कुपोषण र मातृशिशु मृत्यु दरबढी रहेको बताउँदै उहाँले घरमा नै सुत्केरी बनाउन सकिन्छ भन्ने सोचमा परिवर्तन गरि स्वास्थ्य संस्थामा लान सके मातृशिशु मृत्यु दर घटाउन सकिने बताउनु भयो ।

संविधान सभा सदस्य बिक्रम खनालले बिकासका बिषयमा अनावश्यक राजनीति गर्न नहुने बताउने भयो । उहाँ भन्नु हुन्छ- 'स्वास्थ्य क्षेत्रमा अति संबेदशील बिषय रहेकोले यसको व्यवस्थापन र दिगोपनमा ध्यान दिनु पर्दछ ।' त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य बिश्व प्रेम पाठकले संबिधानले प्रदान गरेको अधिकारलाई स्थापित गराउन लाग्नु पर्ने बताउनु भयो । पाठक भन्नु हुन्छ- 'दिगो बिकासको लक्ष्य प्राप्तिका लागी प्रदेश स्तरबाट निरन्तर पहल गर्ने छु ।'

ADVERTISEMENT

कार्यक्रममा पुर्ण संस्थागत प्रसुती प्रतिबेदन बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले प्रस्तुत गर्नु भयो । जिल्ला प्रजनन स्वास्थ्य समन्वय समिति सदस्य सचिब एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख ओम प्रकाश पन्थीले घोषणा गर्नु भयो ।

कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष रबिन्द्र बिक्रम हमाल, पुर्व नगर प्रमुख धिरज शर्मा बस्याल, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिब जनार्दन पन्थी, लुम्बिनी प्रदेशका सभा सदस्य देवकरण कलवार, खड्ग बस्नेतलगायतले शुभकामना मन्तव्य राख्नु भएको छ । बर्दघाट नगरपालिकाका सबै वडा र सहयोग गर्ने फेरमेड, ग्रीनतारा, इन्द्रेणी सामाजिक बिकास मञ्चलाई सम्मान पत्र बितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज