विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । शुक्रबार आयोजित विशेष समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष नवनियुक्त मुख्यमन्त्री थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे हाे ।
आफूले शपथ लिएसँगै मुख्यमन्त्री थापाले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएकाे छ । उहाँले कांग्रेसका प्रदीप सुनार र एकीकृत समाजवादीका कमल जबेगुलाई मन्त्रीमा नियुक्त गर्नुभएकाे छ । उहाँहरूको जिम्मेवारी भने तोकिकोशी प्रदेशएको छैन ।






