नयाँदिल्ली । भारतले आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट जुलाई १४ मा दिउँसो २.३५ बजे अन्तरिक्ष यान चन्द्रयान-३ प्रक्षेपण गर्ने भएको छ।
इसरो प्रमुख एस सोमनाथले भने कि चन्द्रयानले २३ वा २४ अगस्टमा चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्ने प्रयास गर्नेछ।
रकेट सबै तयार छ। यसलाई बुधबार नै लन्चिङ भेहिकलमा फिट गरिएको थियो। यस मिशनको सम्पूर्ण बजेट ६५१ करोड रुपैयाँ छ।
चन्द्रयान–३ को ल्यान्डर चन्द्रमामा अवतरण गर्न सफल भएमा भारत यस्तो गर्ने चौथो देश बन्नेछ । यसअघि अमेरिका, रुस र चीनले आफ्नो अन्तरिक्ष यान चन्द्रमामा अवतरण गराइसकेका छन् ।
यस मिसनमा भारतले चन्द्रमाको सतहमा ल्यान्डर अवतरण गर्नेछ । यस ल्यान्डरमा एक रोभर पनि छ जसले चन्द्रमाको सतहमा घुम्नेछ र त्यहाँ केही प्रयोग गर्नेछ। ल्यान्डर एक दिन चन्द्रमामा रहनेछ। एक चन्द्र दिन १४ पृथ्वी दिन बराबर हुन्छ।
चन्द्रयान–३ को ल्यान्डर चन्द्रमाको सतहमा अवतरण गर्नका लागि त्यहाँ सूर्य निस्किसकेको हुनुपर्छ । ल्यान्डरको लागि सूर्यको किरण आवश्यक छ। चन्द्रमामा १४.१५ दिनमा सूर्य उदाउँछ र बाँकी १४.१५ दिनमा सूर्य उदाउँदैन ।
चन्द्रयान–३ ले चन्द्रमाको तापक्रम कति छ ? सतहमा कति भूकम्प आउँछ ? त्यहाँको प्लाज्माको वातावरण कस्तो छ र त्यहाँको माटोमा के के तत्व छन् ? भन्ने कुरा पत्ता लगाउनेछ ।
मार्चमा परिक्षण पास गरेको चन्द्रयान–३ ले प्रक्षेपणका क्रममा कम्पन र ध्वनी कम्पन सहन सक्ने क्षमताको परीक्षण सफलतापूर्वक पास गरेको थियो ।
साथै, अमेरिकी अन्तरिक्ष एजेन्सी नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले चन्द्रमाको लेजर रेन्जिङको पनि अध्ययन गर्नेछ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts