काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भारतीय गुलामहरूले देश चलाइरहेको आरोप लगाउनुभएको छ ।
देश भारतीय गुलामहरूले चलाउँदै गरेको र आफू मात्र विरोधमा रहेको भन्दै मेयर शाहले बिहीबार राती सामाजिक सञ्जालमार्फत सरकार र राजनीतिक दलहरूलाई प्रश्नसमेत गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘भारतीय गुलामहरूले देश चलाउँदैछन् र म मात्र विरोधमा ? र म मात्र अदालतको अवहेलनामा ? सबै जना मरेका लाशहरू हुन् ?’
उहाँले सामाजिक सञ्जालमार्फत आफूहरूलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’भन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि शंका लागेको बताउनुभएको छ ।
‘हामीलाई प्रचण्डज्यू भन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि शंका लायो’, बालेनले लेख्नुभएको छ, ‘दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।’
मेयर बालेनको भनाइमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि साथ दिनुभएको छ ।
मेयर बालेनको पोस्टमा प्रतिक्रिया जनाउँदै दिँदै हर्कले लेख्नुभएको छ, ‘करोडौँ बुझाएर बनेका सांसद र विदेशीले बनाएको प्रधानमन्त्रीबाट के नै आशा गर्नु र ?







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts