दाङ । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा बाबु छोराको मृत्यु भएको छ । रोल्पाको दलसिंगेका कालुराम डाँगी र टोपीलाल डाँगीको गुडिरहेको बसमा करेन्ट लागेर मृत्यु भएकाे हाे ।
बुधबार राति चलेको हावाहुरीले सडक छेउको बिजुलीको तारमा रुख ढलेको र सडकबाट उक्त बस पार हुँदा बसमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ ।
रा १ ख ८३४ नम्बरको बसमा २० देखि २५ जना सम्म सवार भएको बताइएको छ । बस दाङबाट रोल्पा जादै गरेको थियो । प्रहरीकाअनुसार घटना राप्ती राजमार्गको चोर खोला नजिकै भएको हाे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts