खोटाङ । महामारीको रुपमा फैलिएको लम्पी स्किनका कारण खोटाङमा ३२७ वटा गाई गोरु तथा बाछाबाछी मरेका छन् ।
लम्पी स्किनले खोटेहाङ गाउँपालिकामा बाछाबाछी १४ वटा, गाई, गोरु आठ वटा, साकेला गाउँपालिकामा बाछाबाछी तथा गाई गोरु गरी २५ वटा, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा बाछाबाछी ५० वटा, गाई गोरु २० वटा, हलेसी तुवाचुङ नगरपालिकामा गाई गोरु सात वटा, ऐसेलुखर्क गाउँपालिमा गाई गोरु चार वटा, रावाबेशी गाउँपालिकामा गाई गोरु ४२ वटा, जन्तेढुंगा गाउँपालिकामा बाछाबाछी ८० वटा, गाई गोरु दुई वटा, बराहपोखरी गाउँपालिकामा ४० बाछाबाछीसहित ७५ गाई गोरु मरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १.५ प्रतिशत तथा केपिलासगढी गाउँपालिकामा २ प्रतिशत गाई गोरु तथा बाछाबाछी मरेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क केन्द्र खोटाङले जनाएको छ ।
गाई गोरुमा १०५ डिग्रीसम्मको ज्वरो आउनु फोकाहरु आउनु, मुखबाट ¥याल काढ्नु, सिगान बग्नु, दुई÷चार दिनपछि फोका फुटेर रगत आउनु, खुट्टा सुनिन्नु, घाटी सुन्निनु लम्पी स्किनका लक्षणहरू हुन् ।
लम्पी स्किन रोग गाईगोरुमा बढी देखिदा बुईपा, नेर्पा, दोर्पामा भैसीमा पनि लम्पी स्किन रोग देखिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खार्मीमा गत चैतमा लम्पी स्किन महामारी सुरुमा देखिएको थियो ।
मन्त्रालयबाट आएको भ्याक्सिन तथा औषधि दुई पटक स्थानीय तहलाई बाँडेर महामारी रोक्ने कोशिष गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क केन्द्र खोटाङका पशु विकास अधिकृत डाक्टर ब्रजेश यादवले बताउनुभयो । स्थानीय तह र भेटनरीको उपचारपछि अहिले महामारी निकै कम हुँदै गएको यादवको भनाइ छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts