राजकुमार कार्की/हिटा
ओखलढुंगा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले नेपाली कांग्रेसको नेतृत्वबिना नेपालमा कुनै पनि परिवर्तन नभएको बताउनुभएको छ । नेपाली कांग्रेसको नेतृत्वमा भएको आन्दोलन र परिवर्तनले अरू राजनीतिक दलहरू पनि अगाडि बढिरहेको बताउनुभयो । नेपाल प्रेस युनियन जिल्ला शाखा ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. रिजालले यस्तो बताउनुभएको हो ।
उहाँ बलबहादुर राईको १३औँ स्मृति दिवस कार्यक्रममा प्रमुख अतिथि भई ओखलढुंगा आउनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले नेपाली कांग्रेस विविधतामा एकताको राजनीतिलाई बोकेर हिँड्न सक्ने ल्याकत रहेको पार्टी भएको बताउनुभयो । कांग्रेसको कदअनुसारको सिट संख्या नभए पनि देशैभरि सबैसँग समन्वयात्मक भूमिकामा अब्बल रहेको बताउनुभयो । उहाँले पार्टीभित्रैबाट केही खटपटका कुरा विभिन्न सार्वजनिक ठाउँमा दिइने अभिव्यक्तिले कार्यकर्तामा निराशा छाउने भएकाले आफूभन्दा ठूला नेतृत्वलाई गाली गर्दै विरोध गर्नुभन्दा आफूभन्दा पछाडिकालाई कसरी उपयुक्त नेतृत्व दिन सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने बेला आएको बताउनुभयो ।
२००८ सालमा विश्वेश्वरप्रसाद कोइरालाले मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारलाई फिर्ता बोलाउने निर्णय विपरीत मातृकाप्रसाद कोइरालाले पार्टी फुटाई मातृकाकै नेतृत्वको पार्टी ठूलो बनाउने खेल भएको र उक्त खेलको बिपी कोइरालाले गालीगलौज र विरोध नगरी जिल्ला‐जिल्लामा संगठन गर्न झोला बोकेर हिँडेको स्मरण गराउँदै पार्टी नेतृत्वलाई गाली गरेरमात्र पार्टी नबन्ने बताउनुभयो । कांग्रेसमा बदल्ने आँट र अनुभव भएकाले यी दुवैलाई जोडेर देश विकासतर्फ लगाउन सबैलाई आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच