संसद अवरोध गर्नु जिम्मेवारीपूर्ण कुरा भएनः मन्त्री बस्नेत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्ति बस्नेतले प्रतिपक्ष दलले प्रधानमन्त्रीको अभिव्यक्तीको आशय नसोधि राजीनामा माग्नु संसदीय प्रक्रिया विपरित भएको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले प्रधानमन्त्रीले बोलेको कुराको आशय सोध्ने अधिकार संसदलाई हुने बताउनुभएको हो । उहाँले प्रधामन्त्रीको बोलिको आशयका बारेमा सोध्ने अधिकार हुँदाहुँदै संसद चल्न नदिनु संसदीय प्रक्रिया विपरित भएको बताउनु भयो । उहाँले संसद चल्न नदिनु जिम्मेवारीपूर्ण कुरा नभएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘संसदमा बोलाएर प्रधानमन्त्रीज्युको आशय के हो भनेर सोध्ने अधिकार संसदले राख्छ । हरेक सांसदको निम्ति त्यो अधिकार छ । अनि त्यो अधिकार हुँदाहुँदै, त्यो अधिकार सुरक्षित रहँदारहँदै, संसदीय मर्यादा र प्रक्रियाको बाटो यो हुँदाहुँदै संसद चल्न दिन्नौँ भन्ने कुरा त्यो संसदीय प्रक्रिया पनि होइन । त्यो संसदीय प्रक्रियाको विषय पनि होइन । र त्यो जिम्मेवारीपूर्ण कुरा हुँदैन । प्रधानमन्त्रीको आशय के हो भन्नेकुरा सुनिसकेपछि उहाँहरुलाई त्यो कुरा चित्त बुझेन, ठिक लागेन त्यसपछि के गर्ने भन्ने कुरा त्यो उहाँहरुको त्यसपछिको कुरा हुन्थ्यो ।’

ADVERTISEMENT

प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहको सदिक्षाको सम्बन्धमा मात्रै कुरा गरेको भन्दै व्यक्तिको सदिक्षालाई राजनीतिक विषय बनाउनु जरुरी नरहेको बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?