राजविराज । मंगलबार रातिदेखि परेको अविरल वर्षा पछि पानी निकास नहुँदा सप्तरीको गजेन्द्रनारायण अस्पताल डुबानमा परेको छ ।
अस्पताल परिसरमा पानी निकासको व्यवस्था नहुँदा दुई फिटसम्म डुबान हुँदा ओपीडी, एक्सरे र फार्मेसी सहितका सेवा प्रभावित भएको छ । बाढीका कारण अस्पतालको सिटी स्क्यान, एक्सरे र ओपिडी सेवा प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ ।

जिल्लामा अत्याधिक वर्षा भइरहँदा जिल्लाका विभिन्न भूभाग डुबानमा परेका छन् ।
भारी वर्षाका कारण सप्तकोसी नदी सहित अन्य नदीहरूमा बहाव बढेको छ । वर्षाको पानीको निकास नहुँदा ग्रामीण क्षेत्रका घरहरू डुबानमा परेका हुन् ।

जिल्लाको कञ्चनरूप र हनुमाननगर कंकालिनी नगरपालिका सिमाना छुट्याउने महुली खोलामा आएको बाढी पुल भन्दा एक फिटमाथिबाट बग्न थालेको छ । जसका कारण वरिपरि बस्तीहरूमा पसेको छ । पुल माथिबाट पानी बग्दा पूर्व पश्चिम राजमार्ग अवरोध भएको थियो ।










This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts