ईपीजी प्रतिवेदनबारे डा. भट्टराई : विकल्प प्रदान नगरी कार्पेट मुनि समस्याहरु लुकाएर राख्नु दुवै पक्षलाई हानिकारक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन पाँच वर्षदेखि थन्किँनु दुर्भाग्यपूर्ण भएको बताउनु भएको छ ।

डा भट्टराईले विकल्पबिना भारतले ईपीजी प्रतिवेदनलाई किन लत्याएको भनेर पनि प्रश्न समेत गर्नुभएको छ ।

ईपीजीको अवधारणा (भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँगै) को प्रारम्भकर्ताको रूपमा आफू अत्यन्त दुःखी भएको उहाँले बताउनु भएको छ ।

ADVERTISEMENT

सामाजिक सञ्जाल फेसबुकमा तस्वीर समेत सार्वजनिक गर्दै डा. भट्टराईले २१ औँ शताब्दीको माग अनुरूप बृहत् तवरले सदियौं पुरानो नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु–याउने समग्र धारणासहित भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँगै आफूले ईपीजीको अवधारणा ल्याएको बताउनु भएको छ ।

कुनै राम्रो विकल्प प्रदान नगरी कार्पेट मुनि समस्याहरु लुकाएर राख्नु दुवै पक्षलाई हानिकारक हुने उहाँको भनाइ ५ । साथै डा. भट्टराईले नेपालको तर्फबाट नेताहरूले भारतसँगको सन् १९५० को सन्धिजस्ता मूल मुद्दाहरू समाधान नगरी कुनै पनि सतही बहानाले सुमधुर द्विपक्षीय सम्बन्ध सुनिश्चित गर्न नसक्ने कुरामा ध्यान दिनसमेत भन्नुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?