बैतडीका स्थानीय तहहरुको विकासे खर्च ७९ प्रतिशत मात्रै

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीका स्थानीय तहहरुले विकासे बजेट ७९ प्रतिशत मात्रै खर्च गरेका छन् । आर्थिक वर्ष सकिन दुई हप्ता भन्दा कम रहेको अवस्थामा यहाँका स्थानीय तहहरुले पुँजीगत तर्फ ७९ दशमलव ५२ प्रतिशत मात्रै बजेट खर्च गरेका हुन् । कोष तथा लेखा नियन्त्रण कार्यालय बैतडीका अनुसार १० स्थानीय तहहरुको १ अर्ब ६९ करोड ४८ लाख १८ हजार कुल पुँजीगत बजेट मध्ये ७९ दशमलव ५२ प्रतिशत मात्रै खर्च भएको हो ।

जिल्लाका १० स्थानीय तह मध्ये मेलौली नगरपालिकाले विकासे बजेटको ५० प्रतिशत समेत खर्च गर्न नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय बैतडीका प्रमुख मदन मगरातीले जानकारी दिनुभयो । मेलौली नगरपालिकाले सोमबार सम्म ४८ दशमलव ८२ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गरेको उहाँले बताउनुभयो । १९ करोड ३० लाख ३३ हजार मध्ये ९ करोड ४२ लाख ४७ हजार मात्रै खर्च गरेको छ । नगरप्रमुख भीम बहादुर चन्द (भूकम्प) ले कर्मचारी अभावले विकासे बजेट खर्च गर्न नसकिएको बताउनुभयो । ‘प्रमुख प्रशाकीय अधिकृतको सरुवाले गर्दा काम गर्न सकिएन’ उहाँले भन्नुभयो ‘भुक्तानी प्रक्रिया ढिलो गरी सुरु भएकाले पुँजीगत खर्च कम देखीएको होला’

नगरउपप्रमुख चन्दले केही योजनाहरुको ढिलो गरि सम्झौता भएकाले पनि पुँजीगत खर्च कम भएको बताउनुभयो । ‘८० प्रतिशत योजनाहरुको काम सम्पन्न भैसेको छ । भुक्तानीको प्रक्रिया जारी नै रहेकाले पुँजीगत खर्च बढी हाल्छ’ उहाँले भन्नुभयो । यस्तै नगरपालिकाले चालू तर्फको ३६ करोड ३७ लाख ७९ हजार मध्ये ३१ करोड ३१ लाख ६७ हजार अर्थात् ८६.०९ प्रतिशत खर्च गरेको छ ।

ADVERTISEMENT

जनप्रतिनिधि तथा कर्मचारीले असारे विकासलाई अन्त्य गर्ने दावी गर्दै आएपनि अझै कमी आउन सकेको छैन् । १० स्थानीय तहमध्ये हाल सम्म जिल्लाको पुर्चाैडी नगरपालिकाले सबैभन्दा धेरै ९१ दशलमव ८९ प्रतिशत विकासे बजेट खर्च गरेको छ । यस्तै चालु तर्फको ४७ करोड १० लाख २६ हजार मध्ये ४३ करोड ८० लाख ५३ हजार (९३ प्रतिशत ) खर्च गरेको छ ।

यसैगरी पञ्चेश्वर गाउँपालिकाले १२ करोड ५८ लाख ९ हजार पुजीँगत बजेट मध्ये ८८ दशमलब ८१ प्रतिशत मात्रै खर्च गरेको छ । दोगडाकेदार गाउँपालिकाले १५ करोड ७३ लाख ५७ हजार पुजीँगत बजेट मध्ये ८६ दशमलब ९० प्रतिशत खर्च गरेको गरेको छ । दशरथचन्द नगरपालिकाले १९ करोड ६९ लाख ५४ करोड विकासे बजेट मध्ये ८६.३९ प्रतिशत खर्च गरेको छ । सिगास गाउँपालिकाले १७ करोड ६८ लाख ६५ हजार पुँजीगत बजेट मध्ये ८४ दशमलव ८१ प्रतिशत खर्च गरेको छ । यस्तै डिलाशैनी गाउँपालिकाले १७ करोड ४९ लाख ९१ हजार पुँजीगत बजेट मध्ये ८३ दशलमव ३१ प्रतिशत गरेको छ । सुर्नया गाउँपालिकाले ११ करोड ४८ लाख ८५ हजार पुँजीगत बजेट मध्ये ८१ प्रतिशत मात्रै खर्च गरेको छ ।

शिवनाथ गाउँपालिकाले १४ करोड १० लाख ७६ हजार पुँजीगत बजेट मध्ये ७६ दशमलव ७७ प्रतिशत बजेट खर्च गरेको हो । यसैगरी पाटन नगरपालिकाले २० करोड १७ लाख ९१ हजार मध्ये ७० दशमलव ७४ प्रतिशत पुँजीगत खर्च गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?