रुपन्देही । लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सरकारबीच सहमति भएको छ ।
मंगलबार राति भएको वार्तामा विपक्षीदलले उठाएका विषय मुख्यमन्त्री डिल्ली चौधरीले सदनमा सम्बोधन गरेर आजदेखी सदन संचालन गर्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिनुभयो ।
सत्तापक्ष र प्रमुख प्रतिपक्ष बीच सहमति भएपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेश सभा आज बुधबारका लागि बोलाइएको छ ।
प्रदेश सभा सचिव दुर्लल कुमार पुनमगरले अनिश्चितकालका लागि मंगलबार स्थगित भएको प्रदेश सभाको दोस्रो अधिवेशनको १७औं बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts