राती अबेरसम्म पनि सेवा दिँदै बुंगल नगरपालिका

प्रमुख प्रशासकीय अधिकृत चापागाईं आएपछि सेवा प्रवाहमा सहज

सुरेश धामी बझाङ, संवाददाता
सुरेश धामी बझाङ, संवाददाता
Read Time = 3 mins

बझाङ । बझाङको बुंगल नगरपालिकाले राती अबेरसम्म सेवादिन शुरु गरेको छ । नगरपालिकामा गत वैशाख महिनामा नेपाल सरकारका उप–सचिव सूर्यप्रसाद चापागाईं प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएपछि नगरपालिकाले नागरिकहरूको सहजताका लागि सार्वजनिक विदाको दिनसहित अन्य दिनहरूमा पनि राती अबेरसम्म सेवा दिइरहेको बुंगल नगरपालिका–१ का स्थानीय लालबहादुर धामीले बताउनुभयो ।

सरकारी कार्यलयहरूमा विहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्रै सेवा पाइने गर्दछ । तर बुंगल नगरपालिकाले भने सेवाग्राहीको चाप हेरेर नागररिकको सहजताकै लागि आवस्यकता अनुसार राती ११ बजेसम्म पनि सेवा दिने गरेको हो ।

बुंगल नगरपालिकामा यसअघि लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत विहीन भएको कारण समयमै सम्पन्न हुने कामहरू रोकिँदा अहिले पालिकामा सेवाग्राहीहरूको भिडभाड बढ्दै गएको छ ।

ADVERTISEMENT

पालिकामा प्रमुख प्रशासकीय अधिकृत चापागाईं आएपछि अहिले सेवा प्रवाहमा सहज र पार्दशी भएको स्थानीय दिपक बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि हामिलाई सेवा लिन सहज भएको छ । उहाँले सबै कामहहरू हेरेर मात्र काम अनुसार योजनाको भुक्तानी दिनुहुन्छ । सम्झौता स्टेमेट अनुसार काम नभएपछि रकम पनि घटाएर भुत्तानी दिनुहुन्छ । नगरपालिकामा बिहान सबेरै काम शुरु भएर राती १० बजे पछि अबेरसम्म पनि सेवा पाइने भएकाले सेवाका लागि आफूले कार्यालय समय कुर्नु पर्ने अवस्था छैन ।’ ।

प्रमुख प्रशासकीय अधिकृत चापागाईंले आफू नगगरपालिकामा हाजिर भएपछि स्थानीय नागरिकका समस्या समाधान गर्न आवस्यकता अनुसार काम गरिरहेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृतमा चापागाई आएपछि सहज तरीकाले सेवा पाउने गरेको भन्दै स्थानीय पनि खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 Comment
  1. ल बधाई तथा धन्यवाद उपसचिव सर

रिलेटेड न्युज