डिसिने अवार्डको १३औं र चौथौं संस्करण सम्पन्न

Read Time = 5 mins

काठमाडौं । डिसिने अवार्डको १३औं र चौथौं संस्करण सम्पन्न भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच दुई वर्षको अवार्ड एकै पटक प्रदान गरिएको हो । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण उक्त वर्षमा अवार्ड आयोजना गर्न नसकिए पनि उत्कृष्ट चलचित्र निर्माणका लागि चलचित्रकर्मीहरूलाई निरन्तर प्रोत्साहित गर्नुपर्छ भन्ने मान्यतानुरूप यसलाई निरन्तरता दिइएको अवार्ड अध्यक्ष शान्तिप्रियले बताउनुभयो ।

कार्यक्रममा कलाकारद्वय अर्जुन श्रेष्ठ र दीपाश्री निरौलालाई छायाँछवि रजत सम्मान र चलचित्र पत्रकार कुबेर गिरीलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

डिसिने अवार्ड-२०७७ अन्तर्गत सर्वोत्कृष्ट चलचित्रको अवार्ड चलचित्र ‘श्री’बाट सूर्य बाहोराले प्राप्त गर्नुभयो भने सर्वोत्कृष्ट अभिनेताको अवार्ड ‘हिरो रिटन्स्’बाट सविन श्रेष्ठ, सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड ‘लक्ष्मी पूजा’बाट जाहन्वी बस्नेत, नृत्य निर्देशकको अवार्ड चलचित्र ‘गुड फ्रेण्ड’बाट अजय स्याङ्ताङ, र सहअभिनेताको अवार्ड ‘हिरो रिटन्स’बाट रोशन श्रेष्ठले प्राप्त गर्नुभयो । समारोहमा कोभिड-१९को विषम परिस्थितिमा पनि चलचित्र प्रदर्शन गरेर चलचित्र क्षेत्रलाई चलायमान गराएको भन्दै उक्त वर्ष प्रदर्शनमा आएका सातवटै चलचित्रलाई कदरपत्रसमेत प्रदान गरिएको थियो ।

यस्तै चौथौं संस्करणको डिसिने अवार्ड-२०७८ अन्तर्गत चलचित्र ‘म यस्तो गीत गाउँछु’ले उत्कृष्ट चलचित्रसहित छ विधामा अवार्ड प्राप्त ग¥यो । उत्कृष्ट चलचित्रसहित यसै चलचित्रबाट सुदर्शन थापाले उत्कृष्ट निर्देशक, पल शाहले उत्कृष्ट अभिनेता, पूजा शर्माले उत्कृष्ट अभिनेत्री, बनिष शाह र मिलन श्रेष्ठले उत्कृष्ट सम्पादक र अर्जुन पोखरेलले उत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गर्नुभयो ।

ADVERTISEMENT

यस्तै, चलचित्र ‘चिसो एष्ट्रे’बाट दिन्स पाल्पालीले उत्कृष्ट लेखक, चलचित्र ‘हेल्लो जिन्दगी’बाट सम्राट बस्नेतले उत्कृष्ट द्वन्द्व निर्देशक, चलचित्र ‘आकाशे खेती’बाट रामजी लामिछानेले उत्कृष्ट नृत्य निर्देशक, चलचित्र ‘लप्पन छप्पन २’बाट पुरुषोत्तम प्रधानले सर्वोत्कृष्ट छायांकार, चलचित्र ‘हेल्लो जिन्दगी’बाट राजराज शिवाकोटीले उत्कृष्ट गायक र चलचित्र ‘हेल्लो जिन्दगी’बाटै निर्देशक सूर्य बोहराले जुरी अवार्ड प्राप्त गर्नुभयो ।

कार्यक्रममा अभिनेता तथा मोडल दिनेश केसी, चलचित्र निर्देशक चेतनाथ दंगाल, चलचित्र निर्देशक समुन्द्र भट्ट, अभिनेत्री सानिया खान, प्राविधिक प्रकाश मिश्र, मोडल रूपा राना, निर्माता तथा निर्देशक सन्तोष सुवेदी, गायिका मञ्जु थापा र गीतकार किरण केसी क्रोधीलाई छायाँछवि सम्मान प्रदान गरिएको थियो ।

वरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेती, अभिनेत्री तथा लेखिका शोभिता सिम्खडा र संगीतकार सन्तोष श्रेष्ठ निर्णायक रहेको अवार्डको चलचित्र छनौट समिति निर्णायकका रूपमा निर्देशक तथा सम्पादक सुरेन्द्र पौडेल, मोडल मञ्जिता केसी, गायक तथा संगीतकार ओम सुनार, सम्पादक तथा कलरिष्ट जीवन थापा, मोडल सुदीप श्रेष्ठ र गायक तथा संगीतकार राज सागर रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?