लोक तथा दोहोरीगीत प्रतिष्ठानद्वारा ‘सम्मानार्थ सदस्यता’ प्रदान

Read Time = 1 min

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले आठजना लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गरेको छ । सोमबार एक कार्यक्रमबीच प्रतिष्ठानले कुमार बस्नेत, नन्दकृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाललाई सम्मानार्थ सदस्यता प्रदान गरिएको हो ।

ADVERTISEMENT

कार्यक्रममा गायक गायिका पशुपति शर्मा, रामजी खाँड, राधिका हमाल, कृष्ण रेउले, रमेशराज भट्टराई, पूर्णकला बिसी, शिरीष देवकोटा, जुना श्रीष, शान्ति श्री, रेशम निर्दोशलगायतले सम्मानार्थ सदस्यहरूको लोकप्रिय गीत प्रस्तुत गर्नुभएको थियो । प्रतिष्ठानले अग्रज संगीतकार नारायण रायमाझीको ‘सांगीतिक साँझ’ आयोजना गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *