धादिङ । नेपाल सरकारले निःशुल्क वितरण गरेको औषधीहरुको शुल्क धादिङ अस्पतालले नलिएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर रुद्रमणि भण्डारीले बताउनु भएको छ ।
नेपाल सरकारले सरकारी स्वास्थ्य संस्था तथा अस्पतालमा निशुल्क वितरण गरेको ९८ प्रकारका औषधीहरुको निःशुल्क धादिङ अस्पतालले नलिएको भण्डारीले दावी गर्नुभयो ।
भण्डारीले भन्नुभयो, 'सरकारले ९८ प्रकारको औषधी निःशुल्क वितरण गरेको छ, तर सबै औषधी निःशुल्क छैन । सरकारी स्रोतको आर्थिक कमीले सरकारले दिएको ९८ प्रकारकै औषधी धादिङ अस्पतालमा छैन । तर मान्छेको बुझाइएमा फरक प-यो । आमजनतामा अस्पताल छिरेपछि सबै औषधी निशुल्क पाइन्छ भन्ने बुझाई हुन्छ, त्यो सबै भ्रम हो ।' उहाँको भनाई छ -'डाक्टरहरुले विरामीको चेक जाँच गर्दा रोगको अवस्था, प्रकृति हेरेर औषधी लेख्ने काम गर्छ, यदि निशुल्क पाईने औषधी छ, भने अस्पतालले दिन्छ, छैन भने विरामीले किन्नु पर्छ । डाक्टरले सबै विरामीलाई सम्मान तरिकाले चेकजाँच गर्ने गरेको छ । बीमा गर्ने विरामीको लागि बिहान १० बजेदेखि ४ बजे सम्मको समय खुल्ला हुन्छ, सोही अनुसार उपचार हुन्छ । तर कुरा यो मात्र हो । सार्वजनिक विदाको दिन बीमाको कार्डले काम गर्छ, । ओपिडी सेवा विदाको दिन बन्द हुन्छ । यदि विरामीले इर्मेजेन्सी टिकट काटेर आएको खण्डमा यो कार्डले काम गर्छ । ओपिडीको टिकट छ भने यो कार्डले काम गर्दैन ।' उहाँले भन्नुभयो ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी बैदनाथ गैरेले भने धादिङ अस्पतालमा निःशुल्क औषधीको शुल्क लिएको विषयमा आफुले अस्पताल प्रशासन र प्रमु्खसँग छलफल गरेको बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले धादिङले यस विषयमा किन अनुगमन नगरेको भनी प्रश्न गर्दा गैरेले भन्नुभयो, ‘यो हाम्रो मातहतमा नपर्ने विषय हो । 'पीडित पक्षले उजुरी दिएको खण्डमा मात्र हामीले अनुगमन गर्छौं।'
नीलकण्ठ नगरपालिका–३ का गणेश बुढाथोकीले भने धादिङ अस्पतालले निःशुल्क दिनुपर्ने औषधीको शुल्क लिएको आरोप लगाउनुभयो । हिलोले खाएको औषधी मैले दुईपटक सम्म निशुल्क लिए तर अहिले शुल्क लिएको उहाँको भनाई छ । बीमाको कार्ड लिएर जाँदा दुई पटकसम्म नि:शुल्क भयो । तेस्रो पटक शुल्क लाग्यो यो कस्तो नीति हो ? बुढाथोकीकाे प्रश्न थियो ।






