सिद्धार्थ राजमार्ग एकतर्फि खुल्यो

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

अविरल वर्षाका कारण तानसेन नगरपलिका ८, गौडेपुल नजिकै माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको थियो । सो क्षेत्रमा पहिरो हटाइएपछि केहीबेरअघिबाट एकतर्फी रुपमा सडक खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सडक एकतर्फी खुलाएर साना सवारी साधन, मोटरसाइकल र अत्यावश्यक सवारी साधन गन्तव्यमा पठाइएको छ । सडकको तल्लो भाग भासिएकाले ठूला सवारी साधन सञ्चालनमा अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । काम गर्दागर्दैे डोजरको टायर पन्चर भएपछि एकतर्फी सडक खुलाउन केही ढिलाइ भएको थियो ।

ADVERTISEMENT

पहिरो खसेर सडक बन्द हुँदा यात्रुले सास्ती खेप्नुपरेको थियो । सडक एकतर्फी खुलाएर साना सवारी सधानलाई गन्तव्यतर्फ पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताउनुभयो ।

सडक अवरुद्ध हुंँदा पाल्पातर्फबाट आएका र बुटवलबाट पाल्पा हुँदै विभिन्न जिल्लातर्फ जाने सयौं सवारीसाधनको लामो लाइन लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?