भोजपुरमा पनि सुरु भयो ट्राफिक सचेतना अभियान

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । ट्राफिक नियमको पूर्णरुपमा पालना गर्न सचेत गराउँदै भोजपुरमा पनि ट्राफिक सप्ताह सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुर र जिल्ला ट्राफिक कार्यालय भोजपुरको संयुक्त आयोजनामा मंगलवार बिहान भोजपुर सदरमुकाममा प्रभात फेरिसहितको सचेतना कार्यक्रम गरिएको हो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिरो पोइन्ट गेटबाट प्रभात फेरि तथा जिंगल प्रसारण र पर्चा बितरण गरिएको थियो ।

ADVERTISEMENT

प्रभात फेरि पश्चात जिल्ला प्रहरी कार्यालयमा भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सहभागिले ट्राफिक नियमको पालना नगर्दा अकालमा ज्यान जाने भएकाले सचेत रहन आग्रह गर्नु भएको थियो ।

जिल्लास्थित सुरक्षा निकायका प्रमुख, उद्योग बाणिज्य संघ, बिद्यार्थी, नागरिक समाज, सामुदायिक सेवा केन्द्रका पदाधिकारी लगायतको सहभागितामा कार्यक्रम संचालन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज