डिएपीको बोरामा फास्फेट प्याक गरि विक्री वितरण, प्रशासन मौन

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 7 mins

बारा । लामो समय देखिको खडेरीले आक्रान्त बनेका बाराका किसान एक साता यता पानी पर्न थालेपछि हर्षित भएका छन ।

सुख्खाले बन्जर बनेको जमिन वर्षाको पानीले भिजेर पुनः खेती गर्न योग्य बनेको छ । धेरै किसानको खेतमा धानको बेर्ना तयारी भईसकेको छ । बेर्ना तयार भएपछि अहिले किसान धान रोपाई गर्ने तयारीमा जुटेका छन । रोपाई सुरु गर्न अन्तिम तयारीमा बसेका किसान आवश्यक पर्ने मलको जोहो गर्नेतिर लागेका छन् ।

कोही नेपाली बजार त कोही सिमावर्ती भारतिय बजार सम्म युरिया, डिएपी मल खरीद गर्न दौडधुप सुरु गरेका छन् । सरकारले किसानको माग अनुसार मल उपलब्ध गराउन नसक्दा समस्यामा परेका किसानलाई अहिले मलकै चिन्ता छ ।

मलको चिन्तामा डुबेका किसानको निरिहताको फाईदा अहिले मल तस्करहरुले उठाउन थालेका छन ।

नेपाली बजारमा एक बोरा फास्फेटको मुल्य एक हजार ५ सय रुपैयाँ पर्ने गरेको कलैया अमवाटोलाका किसान प्रभु यादवले बताउनुभयो ।

‘एक हजार ५ सय रुपैयाँमा पाउने फास्फेटलाई डिएपी भनेर दुई हजार ८ सय रुपैयाँमा तस्करहरुले बिक्री गर्ने गरेका छन,’ उहाँले भन्नुभयोे, ‘घर नजिकै सस्तोमा पाएको मल खरीद गर्दा अन्जानमा किसान ठगीमा पर्ने गरेका छन ।’ स्थानीय प्रहरी प्रशासनले आर्थिक प्रलोभनमा परी नक्कली कारोवारीलाई छाडने गरेकै कारण निरिह किसान ठगीमा पर्न थालेको उहाँले बताउनुभयो ।

अहिले बजारमा युरिया र डिएपी मल नै अपुग रहेको र यसको फाईदा नक्कली मल बिक्री गर्ने कारोवारीले उठाईरहेको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

कलैया उपमहानगरपालिका-२ दोहोरी बजारमा फेला परेको मल तस्करहरुले डिएपी भनेर विक्री वितरण गरेका थिए । विक्री गरिएको मल चेकजाँच गर्न बोरामा प्वाल गरियो, प्वाल पारेर मल बाहिर झिक्दा डिएपीको बोरा भित्र फास्फेट रहेको खुलासा स्थानीयले गरेको उहाँले बताउनुभयो ।

खुलासा भएपछि स्थानीयले मल ल्याउने तस्करहरुलाई सोध्दा उनीहरुले आफू मल तस्कर नरहेको र आफूहरुले समेत भारतबाट मल तस्करी गरेर ल्याएकाहरुबाट खरीद गरि विक्री वितरण गर्नको लागि गाउँ गाउँ लग्ने काम गरेको जानकारी दिएको उहाँले बताउनुभयो । उनीहरु दुई चार पैसा कमाउने लोभमा मल तस्करहरुसँग मल खरीद गरी गाउँ गाउँ विक्री वितरण गर्ने गरेको बताएका थिए । डिएपी मलको बोरामा फास्फोट मल पल्टी गरिएको अवस्थामा फेला पारेपछि स्थानीयले भरियाहरुलाई झन्डै दुई घण्टा बढी घेरेर राखेका थिए । यस्तो नक्कली मल गाउँमा आईन्दा नल्याउने शर्तमा रोई कराई गरीरहेका भरियालाई छाडिएको उहाँले बताउनुभयो ।

पल्टी गरिएको फास्फेटलाई एक हजार पाँच सय रुपैयाँ प्रति बोरामा किसानलाई बिक्री गरेर भरियालाई धपाईएको अर्का स्थानीय लालबाबु कुशवाहाले जानकारी दिनुभयो । किसानले मल खरीद गर्दा बोरा भित्रको मल जाचेर मात्र खरीद गर्न समयमै सचेत हुन उहाँले आग्रह गर्नुभयो ।

मल अभाव भएको बेला तस्करहरु नक्कली मल गाउँ गाउँमा पुर्‍याएर किसानलाई ठग्ने क्रम बढेको कलैया उपमहानगरपालिका-२ का किसान सरोज कुमार यादवले बताउनुभयो । ‘तस्करहरुले डिएपीको बोरामा फास्फेट हालेर डिएपी भन्दै बिक्री गरीरहेका छन,’ उहाँले भन्नुभयो, ‘यो सूचनाबाट अन्जान किसानहरु खेतीको लागी नक्कली मल खरीद गरी स्टक गर्न थालेका छन ।’ आफ्नै गाउँका एक दर्जन बढी किसान यसरी नै नक्कली मल खरीद गरी ठगीमा परेको उहाँले बताउनुभयो ।

‘पारस सर्वोतम खाद डिएपी’ लेखिएको बोरामा फास्फेट राखिएको रहस्य भरियाहरु पक्राउ पर्दा मात्रै आफुले थाहा पाएको उहाँले जानकारी दिनुभयो । किसानलाई घर दैलोमा आईपुगेको मल चाडोभन्दा चाडो हात पार्ने हतार हुन्छ, यादवले भन्नुभयो, ‘बन्द बोरा भित्र डिएपी नै होला भन्ने ठानेर किसानले त्यो मल घर भित्रयाउछन । खेतमा छर्ने बेला मात्र त्यो बोरा खोल्ने गरिएको छ । बोरा नखोलुन्जेल सम्म बोरा भित्र के छ हेर्न मिल्दैन । थाहा पनि हुदैन । ठगहरुले अन्जान किसानहरुलाई डिएपीको बोरा भित्र फास्फेट राखी ठग्दै आएको उहाँले बताउनुभयो ।

डिएपीको बोरामा अर्को मल प्याकिङ्ग गरेर बिक्री भईरहेको गुनासो आफु कहाँ पनि आएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो । ‘गुनासो आएपनि अहिले सम्म पल्टी गरेको नक्कली मल फेला परेको छैन,’ उहाँले भन्नुभयोे, ‘फेला पर्ने बितिकै क्वीक एक्सनमा जान्छौं ।’ यसको लागी आवश्यक अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिईसकेको तर प्रहरीले अहिले सम्म पल्टी गरेको मल फेला पार्न नसकेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज